free website hit counter

निजी स्कुल तथा कलेज हप्तामा छ दिन खुल्ने

beemaadmin
२०७९ बैशाख १८, आईतवार

काठमाडौं । निजी शैक्षिक संस्थाहरुले हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय नमान्ने भएका छन् । हप्तामा दुई दिन बिदा दिँदा विद्यार्थीहरुमा मानसिक प्रेसर पर्ने र अध्ययन पठ्यक्रम पनि समयमा अध्यापन गराउन नसकिने भएको भन्दै निजी शैक्षिक संस्थाहरुले सरकारले यस निर्णइप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । सरकारले उनीहरुले सरकारले निजी शैक्षिक क्षेत्रसँग बिना कुनै छलफल र परामर्श नगरी अचानक अव्यवहारि निर्णय गरेको उनीहरुको गुनासो छ । उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान) का महासचिव लोकबहादुर भण्डारीले सरकारले निजी शैक्षिक संस्थाहरुसँग बिना कुनै छलफल हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय नमान्ने बताए । उनले हप्तामा दुईदिन बिदा दिँदा विद्यार्थीहरुमा मानसिक प्रेसर पर्ने र पढाएको नबुझ्ने उल्लेख गर्दै सरकारको निर्णय मान्न नसक्ने बताए । महासचिव भण्डारीले सरकारले दिने सर्वाजनिक बिदा पनि धेरै रहेको र सार्वजनिक बिदाको कटौती नगरी हप्ताको दुई दिन बिदा दिँदा पाठ्यक्रम पढाउन नसकिने उनको भनाइ छ । उनले सरकारले दुई दिन बिदा दिने कुराको वास्तविक कारण पनि नदिएकोले निजी शैक्षिक संस्था शनिबार बाहेकका दिनमा खुल्ने बताए ।

महासचिव भण्डारीले भने, ‘सार्वजनिक विभिन्न बिदा नहुने हो भने यो बिदालाई स्वीकार्नु हुन्थ्यो । तर हामी समयलाई व्यवस्थापन गरेर दिनलाई बिदामा परिणत गरिरहेका छौँ । पहिला पनि अभ्यास त भएको थियो तर यो सम्भव छैन भन्ने लाग्छ । हामी कन्टिन्यू पढाउँछौँ । हामीले आईतबारलाई बिदाको रुपमा मानेर जाने सम्भावना कम छ।’ त्यस्तै राष्ट्रिय निजी तथा आवासीय विद्यालय संघका सचिव विष्णु पराजुलीले सरकारले निजी क्षेत्रसँग छलफल नै नगरी हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको भन्दै आपत्ति जनाए । उनले कर्मचारीहरुलाई हेरेर सो निर्णय गरेको तर विद्यालयको हकमा त्यो लागू गर्न नसकिने बताए । सचिव पराजुलीले सरकारको हप्तामा दुई दिन बिदा दिने निर्णइ अव्यवहारिक भएको भन्दै निजी क्षेत्रमा काम गर्ने कर्मचारीहरुका लागि पनि दुई दिन बिदा दिने निर्णयले महत्व नराख्ने धारणा राखे ।
सचिव पराजुलीले भन्नुभयो, प्राइभेट क्षेत्रमा काम गर्ने मजदुरलाई हेर्ने हो भने दुई दिन बिदा आवश्यक छैन । शिक्षामा वार्षिक १२–१३ करोड बढी खर्च हुन्छ भनेर दुई दिन बिदा गर्नु वास्तवमा व्यवहारिक छैन । अन्तर्राष्ट्रिय अभ्यास छ भन्ने कुरा आउला तर हामी अन्तर्राष्ट्रिय स्तरमा कहाँ पुगेका छौँ भन्ने कुराको बारेमा पनि ध्यान राख्नु आवश्यक छ । त्यो स्तरमा हामी नपुगेको कारणले हामीले यसलाई अहिले नै दुई दिन बिदा गर्नुपर्छ भन्ने पक्षमा छैनौँ । समय अघिपछि गरेर बढाउने कुरा सम्भव नै छैन । सचिव पराजुलीले शिक्षामा वार्षिक १३ करोड बढी खर्च हुन्छ भनेर हप्तामा दुई दिन बिदा गर्नु व्यवहारिक नभएको बताए । उनले कोरोनाबाट थला परेको शैक्षिक क्षेत्रलाई उठाउनु पर्ने बेला पुनः निरुत्साहीत हुने गरी निर्णय गर्नु दुर्भाग्यपूर्ण रहेको बताए ।

सम्बन्धित समाचार