free website hit counter

निर्जीवन बीमामा मोटर बीमाको हिस्सा सबैभन्दा ठूलो

beemaadmin
२०८३ श्रावण १५, शुक्रबार

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीले कुल ५१ अर्ब ९२ करोड २४ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका छन्। कुल व्यवसायमा मोटर बीमा सबैभन्दा ठूलो हिस्सा ओगट्न सफल भएको छ।

एक वर्षको अवधिमा मोटर बीमाबाट मात्रै १५ अर्ब ४८ करोड ९६ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ, जुन कुल व्यापारको २९.८३ प्रतिशत हो।

त्यसपछि सम्पत्ति बीमा दोस्रो ठूलो क्षेत्रका रूपमा रहेको छ। यस शीर्षकमा कम्पनीहरूले १२ अर्ब २२ करोड ७३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्, जसको हिस्सा २३.५५ प्रतिशत रहेको छ।

यस्तै, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमा तेस्रो स्थानमा रहेको छ। यस क्षेत्रबाट १० अर्ब ७ करोड ५६ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ, जुन कुल व्यापारको १९.४१ प्रतिशत हो।

विविध बीमा अन्तर्गत कम्पनीहरूले ५ अर्ब ३२ करोड ३ लाख रुपैयाँ संकलन गरेका छन्, जसको हिस्सा १०.२५ प्रतिशत रहेको छ।

त्यसैगरी, सामुद्रिक बीमाबाट ३ अर्ब १२ करोड २४ लाख रुपैयाँ (६.१० प्रतिशत) र हवाई बीमाबाट २ अर्ब ५६ करोड ५७ लाख रुपैयाँ (४.९४ प्रतिशत) बीमा शुल्क संकलन भएको छ।

समीक्षा अवधिमा कृषि बीमाबाट १ अर्ब ७८ करोड ९७ लाख रुपैयाँ तथा लघु निर्जीवन बीमाबाट १ अर्ब ३३ करोड १४ लाख रुपैयाँ बराबरको व्यापार भएको छ। कुल व्यापारमा कृषि बीमाको हिस्सा ३.४५ प्रतिशत र लघु बीमाको हिस्सा २.५६ प्रतिशत रहेको छ।

तथ्यांकले निर्जीवन बीमा बजारमा अझै पनि मोटर, सम्पत्ति तथा इन्जिनियरिङ बीमाले प्रमुख योगदान दिइरहेको देखाएको छ भने कृषि र लघु बीमाको हिस्सा तुलनात्मक रूपमा न्यून रहेको छ।

सम्बन्धित समाचार