free website hit counter

निर्जीवन बीमा कम्पनीहरूको व्यापार ७ महिनामा २४ अर्बमाथि

beemaadmin
२०८१ फाल्गुन १४, बुधबार

काठमाडौं । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको सात महिनामा २४ अर्ब रुपैयाँ माथिको व्यापार गरेका छन् । चालू आवको साउनदेखि माघ मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले २४ अर्ब २७ करोड ४१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । उक्त बीमाशुल्क १६ लाख २१ हजार ६७९ वटा बीमालेख बिक्री गरेर संकलन भएको हो । नेपाल बीमा प्राधिकरणका अनुसार गएको यस अवधिमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले १ लाख ११ हजार ५७८ वटा बीमालेख बिक्री गरेर एक अर्ब २५ करोड ९५ लाख बीमाशुल्क संकलन गरेको छ । दि ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले एक अर्ब ५२ करोड २५ लाख बीमाशुल्क संकलन गर्दा नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले एक अर्ब ९५ करोड २ लाख रुपैयाँ संकलन गरेको छ । चालू आवको माघ मसान्तसम्म प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले एक अर्ब ३ करोड ८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ भने शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले ३ अर्ब १३ करोड २० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । शिखरको यो व्यापार निर्जीवन बीमा कम्पनीहरूमध्येकै सर्वाधिक हो । त्यस्तै, यस अवधिमा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले एक अर्ब ६२ करोड १६ लाख बीमाशुल्क संकलन गर्दा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले एक अर्ब ९२ करोड १८ लाख रुपैयाँ शुल्क संकलन गरेको छ । यसका साथै सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी लिमिटेडले एक अर्ब ३८ करोड ५२ लाख रुपैयाँ संकलन गरेको छ । बीमा प्राधिकरणका अनुसार सात महिनामा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले २ अर्ब ४४ करोड ७४ लाख बीमाशुल्क संकलन गरेको छ भने सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले २ अर्ब ९३ करोड ७६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । माघ मसान्तसम्म आइजिआइ प्रूडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले २ अर्ब २ करोड ६८ लाख र युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले एक अर्ब ४० करोड १४ लाख बीमाशुल्क संकलन गरेको प्राधिकरणले जानकारी दिएको छ । यो अवधिमा दुई कम्पनीले भने एक अर्बको पनि व्यापार गर्न सकेनन् । सात महिनामा राष्ट्रिय बीमा कम्पनीले ९४ करोड ५ लाख संकलन गर्दा नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडले ६९ करोड ३४ लाख रुपैयाँ मात्रै बीमाशुल्क संकलन गर्न सकेको प्राधिकरणले जानकारी दिएको छ ।
निर्जीवन बीमा व्यवसायमा मोटर र सम्पत्ति बीमालेखको भर देखिन्छ । चालू आवको सात महिनामा निर्जीवन बीमा कम्पनीहरूले मोटर र सम्पत्ति बीमालेखबाट सबैभन्दा बढी बीमाशुल्क संकलन गरेका छन् । चालु आव माघ मसान्तसम्म मोटर बीमाबाट ७ अर्ब ६८ करोड ७७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यो शुल्क संकलन गर्नका लागि कम्पनीहरूले ९ लाख १५ हजार ५०२ वटा बीमालेख बिक्री गरेका छन् । निर्जीवन बीमा व्यवसायमा सर्वाधिक योगदान रहेको दोस्रो नम्बरमा सम्पत्ति बीमा रहेको छ । बीमा कम्पनीले सात महिनामा २ लाख ८१ हजार ५५७ वटा सम्पत्ति बीमालेख जारी गरेर ६ अर्ब ३३ करोड ४५ लाख संकलन गरेका छन् । त्यस्तै, यस अवधिमा निर्जीवन बीमा कम्पनीहरूले इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमाबाट ३ अर्ब ६१ करोड ६ लाख आर्जन गरेका छन् । विविधबाट २ अर्ब ८५ करोड ५२ लाख संकलन गर्दा सामुद्रिक बीमालेखबाट १ अर्ब ४५ करोड ५६ लाख संकलन गरेका छन् । यस अवधिमा कम्पनीहरूले ६९ वटा हवाई बीमालेख बिक्री गरेर एक अर्ब ३५ करोड ५० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यसका साथै कृषि तथा बाली बीमालेखबाट ९६ करोड ४७ लाख र लघु बीमालेखबाट ५१ करोड ३२ लाख बीमाशुल्क संकलन गरेका छन् ।
चालू आर्थिक वर्षको सात महिनामा लघु बीमा व्यवसाय गर्ने चार कम्पनीले ५० करोड २८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । जसका लागि यी कम्पनीहरूले दुई लाख २४८ वटा बीमालेख जारी गरेका छन् । यस अवधिमा नेपाल माइक्रो इन्स्योरेन्सले सबैभन्दा बढी १४ करोड ६८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ भने प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले १२ करोड ४९ लाख संकलन गरेको छ । त्यस्तै, स्टार माइक्रोले ११ करोड ६६ लाख बीमाशुल्क संकलन गरेको छ । यस अवधिमा ट्रस्ट माइक्रो इन्स्योरेन्सले ४१ हजार ६ सय वटा बीमालेख बिक्री गरेर ११ करोड ४३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको प्राधिकरणले जनाएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार