free website hit counter

निर्भया बलात्कारका चारैजना दोषीलाई एकाबिहानै दिइयो मृत्युदण्ड

beemaadmin
२०७६ चैत्र ७, शुक्रबार

एजेन्सी । मृत्युदण्ड रोक्ने सबै प्रपञ्चहरुलाई असफल बनाउँदै भारतमा चार जना बलात्कारीलाई मृत्युदण्डको सजायँ दिइएको छ । सन् २०१२ मा भएको निर्भयाको सामूहिक बलात्कारका चारै अभियुक्तलाई शुक्रबार बिहानै मृत्युदण्ड दिइएको छ । मृत्युदण्डपछि निर्भयाकी आमाले यसलाई न्यायको जीत बताएकी छिन् । समाचार एजेन्सीका अनुसार दिल्लीको तिहाड जेलमा बिहान साढे पाँच बजे चारैजनालाई मृत्युदण्ड दिइएको हो ।
तिहाड जेलका निर्देशक संदीप गोयलले भने, बिहान ठिक साढे पाँच बजे चारैजनालाई मृत्युदण्ड दिइएको हो । समाचार एजेन्सी पिटिआईले जेल अधिकारीलाई उद्धृत गर्दै चारैजनालाई एकैपटक मृत्युदण्ड दिइएको बताएको छ ।
सन् २०१२ डिसेम्बर १६ तारिखको राती निर्भयामाथि सामूहिक बलात्कार गरिएको थियो । सात वर्ष, तीन महिना र चार दिनपछि मुकेश, अक्षय, विनय र पवनलाई मृत्युदण्ड दिइएको हो । भारतीय समाचार एजेन्सी भास्करका अनुसार मृत्युदण्ड दिनुअघि पवन, मुकेश, विनय र अक्षयलाई नास्ता दिइएको थियो तर उनीहरुले खान अस्विकार गरे । विनय रुन थालेका थिए । त्यसपछि उनीहरुलाई तिहाड जेल नम्बर तीनमा बनेको ‘फाँसी घर’ मा पुर्‍याइएको थियो । जहाँ पवन जल्लादले उनीहरुलाई झुण्ड्याएका थिए । ४० मिनेटपछि उनीहरुलाई मृत घोषित गरिएको हो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार