free website hit counter

निर्मला काण्ड कोट्याउने जम्मा सिंहलाई

beemaadmin
२०७९ पुष १६, शनिबार

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीले प्रहरी नायब महानिरीक्षक (डीआईजीपी) दुर्गा सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । घटनाको अनुसन्धानका लागि डीआईजी सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको प्रहरी प्रधान कार्यालयले जनाएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत डीआईजीपी सिंहको नेतृत्वमा छानबिन समिति गठन भएको नेपाल प्रहरीका प्रवक्तासमेत रहेका प्रहरी नायब महानिरीक्षक (डीआईजीपी) टेकप्रसाद राईले जानकारी दिए । डीआईजीपी सिंह यसअघि प्रहरी उपरीक्षक (एसपी) हुँदा उक्त घटनाको अनुसन्धानमा खटिएकी थिइन् । प्रवक्ता राईका अनुसार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनबमोजिम गठित समितिमा सीआईबीकै प्रहरी उपरीक्षक (एसपी) कमल थापा, प्रहरी निरीक्षक (इन्सपेक्टर) धीरेन्द्र रोकायासहित चिकित्सक पनि रहेका छन् । उनीहरूलाई उक्त घटनाको अनुसन्धानका लागि नयाँ प्रक्रियाबाट काम गर्न कार्यादेश दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यसअघि पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानमा सीआईबी नै खटिएकाले पनि सीआईबीमै कार्यरत सिंहको नेतृत्वमा समिति गठन गरिएको प्रहरी प्रवक्ता राईले बताए । गृहमन्त्री लामिछानेले मन्त्रीको पदभार ग्रहण गरेकै दिन पनि निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने जानकारी गराउँदै गृह सचिव विनोदप्रकाश सिंहलाई घटनाको विषयमा अपडेट गराउन निर्देशन दिएका थिए ।
सोही आधारमा आज प्रहरी प्रधान कार्यालयमा भएको निरीक्षण भ्रमणका क्रममा प्रहरीले गृहमन्त्री लामिछानेसमक्ष घटनामा हालसम्म प्रहरीले गरेको अनुसन्धान कार्यबारे ब्रिफिङ गरेको थियो । हालसम्म प्रहरीले गरेका प्रयासबारेमा गृहमन्त्रीलाई अपडेट गराइएको प्रवक्ता राईले जानकारी दिए । सोहि क्रममा गृहमन्त्री लामिछानेले तथ्यका आधारमा अनुसन्धान अघि बढाई निष्कर्षमा पु¥याउन प्रहरीलाई निर्देशन दिएका थिए । विसं २०७५ साल साउनमा पन्तको बलात्कारपछि हत्या भएको थियो । अहिलेसम्म उक्त घटनामा संलग्न व्यक्ति पत्ता लाग्न सकेको छैन । घटनाको अनुसन्धानका क्रममा प्रहरीले एक सयभन्दा बढीको डिएनए परीक्षणसमेत गरिसकेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार