free website hit counter

निर्मल दाहाललाई सिईओ बनाउन बीमा समितिको अनुमति

beemaadmin
२०७९ श्रावण २०, शुक्रबार

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा निर्मल दाहाललाई नियुक्त गर्न नियामक निकाय बीमा समितिले अनुमति दिएको छ । बीमा समितिले दाहाललाई सिईओ नियुक्ती गर्न प्राइम लाइफको सञ्चालक समितिले गरेको सिफारिस सदर गरेको बीमा समितिका प्रबक्ता राजुरमण पौडेलले जानकारी दिए।
केहि हप्ता अगाडि बसेको संचालक समितिको बैठकले दाहाललाई कम्पनीको सिईओमा नियुक्त गर्न बीमा समितिमा प्रस्ताब गरेको थियो। उक्त प्रस्ताब बीमा समितिबाट पारित भए सगै अब बस्ने संचालक समितिको बैठकले ४ बर्षको लागि दाहाललाई सिईओमा नियुक्त गर्नेछ। दहाल बिगत २० बर्ष भन्दा बढी बैंक तथा वित्तिय क्षेत्रमा व्यवस्थापकिय तहमा रहि कार्य गर्दै आइरहेका छन् । कम्पनीले उनलाई प्रमुख कार्यकारी अधिकृत बनाउने गरी चैत्र २१ गते बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।
निवर्तमान प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईको कार्यकाल असार ३१ गते समापन भएपछी श्रावण १ गते देखि दाहाल कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए।

सम्बन्धित समाचार

पाल्पा सिमेन्टको आईपीओ भयो बाँडफाँट

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

नेपाल पुनर्बीमाबाट युनाइटेड अजोड बाहिरिँदै

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार