free website hit counter

निसन्तान सैनिक दम्पत्तिले लगेछन् प्रसुतिगृहबाट बच्चा

beemaadmin
२०८० फाल्गुन १२, शनिबार

काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउण्डभित्रबाट शिशु लैजाने महिला दुई दिनदेखि अस्पताल धाइरहेकी थिइन् । आफ्नो बच्चा नभएपछि उनले अरूको बच्चा चोरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । दैलेख नौमुले गाउँपालिका १ घर भई काठमाडौं, काँडाघारी बस्ने २४ वर्षीया कीमनकुमारी सिंह (मनिषा सिंह) बिहीबार र शुक्रबार प्रसुतिगृह गएको अनुसन्धानबाट खुलेको छ । यद्यपि बच्चा चोर्ने नै नियतले अस्पताल गएको नदेखिने प्रहरी अधिकारी बताउँछन् । उनी चेकअपकै लागि अस्पताल पुगेकी थिइन् । अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले आरोपि महिला आफैं सुत्केरीजस्तै अवस्थामा रहेको बताए । रक्तश्राव पनि भइरहेकाले उनको बच्चा खेर गएको हुनसक्ने रेग्मीको भनाइ छ । यसअघि पनि मनिषाको दुई तीनपटक बच्चा खेर गएको अनुसन्धानबाट खुलेको छ । शुक्रबार अस्पतालको कम्पाउण्डभित्रबाट काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका ३ घर भई हाल कपन बस्ने २२ वर्षीया सबिना श्रेष्ठको २६ दिनको आफ्नो छोरीलाई मनिषाले मागेर बोकेकी थिइन् । आफूले बोकेको शिशु लिएर उनी फरार भएकी थिइन् । शिशुसहित मनिषालाई शुक्रबार राति ११ः४५ बजे काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काँडाघारीबाट पक्राउ गरेको छ। मनिषासँगै श्रीमान २८ वर्षीय नरेन्द्र मल्ल, दिदी शारदा शाही पनि पक्राउ परेका थिए । मनिषाका श्रीमान नेपाली सेनामा कार्यरत छन् । उनीहरूको बिहे भएको तीन वर्ष भएको छ । प्रहरीले पक्राउ गर्न जाँदा मनिषाले शिशु आफ्नै भएको दाबी गरेकी थिइन् । शुक्रबार राति ११ बजेर ३५ मिनेटमा आफूले बच्चा जन्माएको भन्दै सुत्केरी महिला जसरी हिँडडुल गरेको एसपी रविन्द्र रेग्मीले बताए । उनले भने, ‘हामीले पक्राउ गरेर ल्याउँदा पनि मैले नै जन्माएको हो भनेर भनिराख्नुभएको थियो । साथै बच्चालाई दुध पनि खुवाएको जस्तो गर्नुभएको थियो । आफन्त र छिमेकीलाई पनि सुत्केरी भएको जानकारी गराउनुभएको रहेछ ।’ यद्यपि छिमेकीले मनिषा गर्भवती रहेको थाहा नपाएको बतनएका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार