free website hit counter

नेकपाका नेता को कुन समूहमा ? (सूचिसहित)

beemaadmin
२०७७ असार २१, आईतवार

कामठाडौं । नेकपाको विवाद उत्कर्षमा पुगेको छ । पार्टी विभाजनकै अवस्थामा पुगेको बेला केही नेताहरुले पार्टी विभाजनको अवस्थालाई टार्न प्रयास गरे पनि धेरै नेताहरुले कित्ता काट गरी आफ्नौ पहिचान दिइसकेका छन् । कथं कदाचित पार्टी विभाजन भइहाल्यो भने नेकपाका कुन नेता कुन कित्तामा पुग्लान् भन्ने कौतुहलता सबैलाई छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको भन्दै मन्त्री तथा राज्यमन्त्रीहरूलाई आ आफ्नो कित्तामा उभिन आग्रह गरिसकेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार मन्त्री तथा राज्यमन्त्रीहरूलाई बोलाएर ओलीले यस्तो जानकारी गराएका हुन्। पार्टी एकताका लागि नेताहरूलाई दबाब दिन मन्त्रीहरूलाई आग्रह गर्दै उनले पार्टी बैठकमा एजेन्डाभन्दा बाहिर गएर आफ्नो राजीनामा मागिएको बताएका छन् । कित्ताकाटको कुरा उठिरहँदा को नेता कसको पक्षमा छन् भन्ने धेरैको चासो रहेको छ। मन्त्रीहरुमा अधिकांश ओली पक्षका छन् । स्थायी कमिटीको कुल ४५ सदस्यमध्ये ३० जना प्रचण्ड, माधव, झलनाथ र बामदेव समुहका छन् भने १३ जना ओली पक्षमा छन् भने दुईजना तटस्थ छन्। सचिवालयमा पनि प्रधानमन्त्री ओली अल्पमतमा छन्।

कुन नेता कुन पक्षमा ?

ओली समूह
१. केपी शर्मा ओली, अध्यक्ष
२. इश्वर पोखरेल, सचिवालय सदस्य
३. विष्णु पौडेल, महासचिव
४. सुवास नेम्वाङ
५. प्रदीप ज्ञवाली
६. पृथ्वी सुब्बा गुरुङ
७. शंकर पोखरेल
८. किरण गुरुङ
९. सत्यनारायण मण्डल
१०. छविलाल विश्वकर्मा
११. विष्णु रिमाल
१२. रघुवीर महासेठ
१३. लेखराज भट्ट

प्रचण्ड–माधव–झलनाथ–बामदेव समूह
१. पुष्पकमल दाहाल प्रचण्ड, अध्यक्ष
२. झलनाथ खनाल, वरिष्ठ नेता
३. माधवकुमार नेपाल, वरिष्ठ नेता
४. बामदेव गौतम, उपाध्यक्ष
५. नारायणकाजी श्रेष्ठ
६. रामबहादुर थापा बादल
७. भीम रावल
८. अष्टलक्ष्मी शाक्य
९. युवराज ज्ञवाली
१०. धनश्याम भुसाल
११. भीम आचार्य
१२. गोकर्ण बिष्ट
१३. सुरेन्द्र पाण्डे
१४. मुकुन्द न्यौपाने
१५. रघुजी पन्त
१६. वेदुराम भुसाल
१७. देव गुरुङ
१८. टोपबहादुर रायमाझी
१९. गिरिराजमणि पोखरेल
२०. हरिबोल गजुरेल
२१. वर्षमान पुन
२२. शक्ति बस्नेत
२३. जर्नादन शर्मा
२४. पम्फा भुसाल
२५. मात्रिका यादव
२६. गणेश शाह
२७. देवेन्द्र पौडेल
२८. चक्रपाणि खनाल
२९. लिलामणि पोखरेल
३०. मणि थापा

तटस्थ
१. योगेश भट्टराई
२. अग्निप्रसाद सापकोटा, सभामुख

आमन्त्रित सदस्यहरु
१.अमिक शेरचन
२. अमृतकुमार बोहरा
३. केशव बडाल
४. सोमनाथ प्यासी
५. डा. पुष्प कँडेल
६. पेशल खतिवडा

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार