free website hit counter

नेकपामा सभामुख छान्न नसक्दा फेरि संसद सर्यो

beemaadmin
२०७६ पुष २७, आईतवार

काठमाडौं । पुस ४ गतेदेखि सर्दै आएको प्रतिनिधिसभा बैठक फेरि पनि स्थगित भएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा सभामुखको कुरा नमिलेपछि संसद फेरि नेकपाको बन्धक बन्न पुगेको हो । सहमतिको प्रयासमा प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहानैदेखि शीर्ष नेताहरुबीच छलफल भएको थियो । छलफलमा उपसभामुख शिवमाया तुम्बाहाम्फे पनि सहभागी थिइन् । तर, कुरा नमिलेपछि आइतबार दिउँसो १ बजे निर्धारित संसद बैठक आउँदो माघ ६ गतेसम्मका लागि स्थगित गरिएको छ ।

नेकपामा उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराउने प्रयास गरे पनि अस्वीकार गर्दै आएकी छन् । शनिबार बसेको नेकपा सचिवालयको बैठकले उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा दिन र सभामुख निर्वाचनको बाटो खोल्न आग्रह गरेको थियो । तर, तुम्बाहाम्फेले सचिवालयको निर्णयलाई चुनौती दिँदै आफूले उपसभामुखबाट राजीनामा नदिने अडान राख्दै आएकी छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार