free website hit counter

नेको इन्सुरेन्सले बोलायो साधारण सभा

beemaadmin
२०८२ माघ १६, शुक्रबार

काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको माघ १५ गते बसेको सञ्चालक समितिको बैठकले ३० औं साधारण सभा आगामी फागुन ११ गते आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभा बिहान ११ बजे काठमाण्डौको नक्सालमा रहेको लिसारा रिसेप्सनमा आयोजना हुनेछ । सभामा आर्थिक वर्ष २०८१–८२ का लागि सेयरधनीहरुलाई चुक्तापूँजीको ३ प्रतिशत बोनस सेयर र १२.७८९४ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि समेत गरी कुल १५.७८९४ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ । यस्तै बोनस सेयरको हदसम्म जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव समेत पारित गरिनेछ । सभामा सभामा आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै सोहि अवधिको नाफा नोक्सान,नगद प्रवाह विवरण लगायतका अन्य वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनेछ । यस्तै चालु आवको लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले माघ २५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ माघ २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

सम्बन्धित समाचार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार