free website hit counter

नेको इन्स्योरेन्सको शेयर मूल्य समायोजन

beemaadmin
२०८१ माघ १६, बुधबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा नेको इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । हकप्रद शेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । यस दिन नेप्सेले इन्स्योरेन्सको २५ प्रतिशत हकप्रद शेयर समायोजन गरेको हो । समायोजन पश्चात इन्स्योरेन्सको शेयर मूल्य प्रति कित्ता ७७१ रुपैयाँ १२ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको शेयर मूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात मंगलबार, दोस्रो बजारमा इन्स्योरेन्सको शेयर प्रतिकित्ता ९३८ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो। यही समायोजित मूल्यलाई आधार मानेर माघ २० गते आईतबारको दोस्रो बजारमा इन्स्योरेन्सको शेयर कारोबार खुल्नेछ । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजी २ अर्ब १ करोड २३ लाख ६० हजार ६१९ रुपैयाँको २५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले हाल कायम ४ कित्ता बराबर नयाँ १ कित्ता अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार