free website hit counter

नेतृत्वलाई चुनौतीदिँदै उपसभामुख शिवमायाले यसो भनिन्

beemaadmin
२०७६ पुष २६, शनिबार

काठमाडौं । सभामुख चयनका लागि आइतबार संसदको बैठक बोलाइएको छ । यसअघि पटक स्थागित हुँदै आएको संसदको बैठकको कार्यसूचि सभामुख चयन रहे पनि नेकपाभित्रै सभामुख बन्ने व्यक्ति छनोटका विषयलाई लिएर रस्साकस्सी चर्केपछि पुस ४ गतेदेखि शुरु भएको संसद अनिर्णयको बन्दै आएको छ ।

सत्तारुण् नेकपाले सभामुख पाउनका लागि उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले राजीनामा दिनुपर्छ । तर तुम्बाहाम्फे कुनै पनि हालतमा राजीनामा दिने पक्षमा छैनन् । उनी सभामुख चयनको प्रक्रिया शुरुआत गराएर मात्रै राजीनामा दिने यसअघिको अडानबाट थप नयाँ अडान अगाडि सारेकी छिन् । शुक्रबार नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र केपी शर्मा ओलीलाई भेटेपछि उनले नयाँ अडान अघि सारेकी हुन् ।

अध्यक्षद्वयसँगको भेटमा आफूलाई सभामुख बनाउने शर्तमा मात्र उपसभामुखबाट राजीनामा दिने, सभामुख नबनाउने भए महाअभियोग लगाएर देखाउन नेतृत्व चुनौती दिएकी तुम्बाहाम्फेले शनिबारसम्म सभामुखको निर्णय हुन नसके आफूले आइतबारको बैठकबाट सभामुख चयनको प्रक्रिया अगाडि बढाउने धम्कीदिएपछि सभामुख चयनको प्रक्रिया थप पेचिलो बन्दै गएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थन रहेका कारण पनि उनी पार्टी नेतृत्वसँग टसमस नभएकी हुन् । उनी आफू सभामुख नहुनु पर्ने कारण देखाउन पनि नेतृत्वलाई चुनौती दिँदै सभामुख हुनका लागि चाहिने योग्यता आफूसँग प्रशस्त रहेको दलिल समेत पेश गरेकी थिइन् । पार्टी ह्विप नलाग्ने र उपसभामुख पद संवैधानिक पद भएका कारण अहिले तुम्बाहाम्फेलाई राजीनामा गराउन नेकपा नेतृत्वलाई संकट उत्पन्न भएको छ ।

व्यक्तिगत इच्छाबाहेक राजीनामा दिने बाध्यकारी नभएका कारणले पनि उपसभामुख तुम्बाहाम्फे राजीनामा दिन तयार नभएकी हुन् । उनले राजीनामा नदिएको खण्डमा र यही अवस्थामा निर्वाचन प्रक्रिया अगाडि बढाउने हो भने सभामुखमा नेकपाले दाबी गर्न मिल्दैन । यस्तो अवस्थामा काँग्रेस वा राजपाले सभामुखको लागि दाबी पेश गर्न सक्छन् ।

सभामुख निर्वाचन प्रक्रिया लम्बिँदै गएको अवस्थामा सभामुख छनोट प्रक्रिया नेकपाका लागि पेचिलो बन्दै गएको अवस्थामा शनिबार ४ बजे सचिवालयको बैठक राखिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले पूर्व सभामुख सुभाष नेम्वाङलाई नै सभामुख बनाउन चाहेका छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल अग्नि सापकोटा वा पम्फा भुसालमध्ये एकजनालाई अगाडि सार्ने पक्षमा छन् । यो अवस्थामा तुम्बाहाम्फेलाई भने नेकपा र काँग्रेसका महिला नेतृ एवं राष्ट्रपति विद्यादेवी भण्डारीको दरिलो साथ रहेको छ । त्रिपक्षीय अडानका कारण सभामुख छनोट प्रक्रिया आइतबारको बैठकबाट पनि शुरु हुन सक्ने सम्भावना कमै देखिएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार