free website hit counter

नेपालबाट मासु लैजाँदा नेपाली युवाको भिसा रद्द (विमानस्थलबाट लैजान नहुने सामग्रीको सूचिसहित)

beemaadmin
२०७६ माघ १७, शुक्रबार

टोकियो । मासुजन्य पदार्थबाट सरेको कोरोना भाइरसले विश्वलाई नै आतंकित बनाइरहेको बेला जापानमा एक नेपाली युवा विमानस्थलबाट मासुजन्य पदार्थ लगेको अभियोगमा भिसा रद्द गरी नेपाल फिर्ता हुँदैछन् । हामी जुन देशमा जान्छौ त्यो देशको नियम कानुन मान्नै पर्छ । त्यसैले आफू जान लागेको देशको नियम कानुन के छ भन्ने बारेमा पहिले नै जानकारी लिएर गइयो भने सहज हुन्छ । जापानमा यस्तै एउटा घटना घट्न पुगेको छ । जापान बसेरै फर्केका एक युवाले विमानस्थलबाट लैजान नमिल्ने वस्तु जापान भित्र्याउँदा नेपाल फर्किनु परेको छ ।

चितवन घर भएका ती युवालाई तीन बर्षे भिषा रद्द गरेर जापानले नारिता बिमानस्थलबाट नेपाल फर्काइदिन लागेको हो । बिदामा नेपाल गएर आफ्नो बुवालाई लिएर जापान आएका ती युवाले जनवरी २६ मा बिमानस्थल चेकजाँचले नियन्त्रणमा लिएको थियो ।

ड्रागन एयरको बिमानबाट आफ्नो पितालाई जापान घुमाउन पुगेका ती युवा २६ तारिख साँझ नारिता बिमानस्थलमा ओर्लिएका थिए । बिमानबाट आवश्यक सोधपुछ र भिषा चेकजाँच समेत पार गरेर लगेज समाई बिमानस्थलबाट बाहिरिएर रेल रेल चढ्ने तयारी गर्दै गर्दा सादा पोशाकका सुरक्षाकर्मीको फन्दामा परेका हुन् ।

सादा पोशाकका सुरक्षाकर्मीले सुटकेशमा ल्याएको वस्तु के हो भनेर सोध्ने क्रममा उनीहरुले झूठो बोलेपछि तालिमप्राप्त कुकुरसहित पुगेको त्यो टोलीले खानतलासी गर्दा उनीहरुको करिव ३ किलो सुकुटी र ३ किलो आलो मासु फेला परेको थियो । यसैगरी हरियो खुर्सानी, धुलो खुर्सानी लगायत अन्य थुप्रै खानेकुरा समेत सुटकेसमा भेटिएको थियो । जुन सामान जापान सरकारले ल्याउन पूर्णतः प्रतिबन्ध लगाएको छ ।

श्रीमती सहित जापानको टोकियो बस्दै आएका ती युवाको भीसा रद्द नगर्द र उनलाई एक पटकलाई माफी दिन अनुरोध गर्दै उनका आफन्त तथा एनआरएन जापानका प्रतिनिधीहरु विमानस्थल पुगे पनि प्रशासनले कसैको अनुरोधलाई स्वीकार गरेको छैन । जतिसक्दो चाँडो टिकटको व्यवस्था गर्न प्रशासनले दबाव दिइरहेको छ ।

करिब ६ महिना अघिदेखि नै सूचना प्रकाशित गरेर जापानको कृषि, बन तथा मत्स्य पालन मन्त्रालय अन्तर्गतको पशु चेकजाँच कार्यायलयले रोक लगाईएको खानेकुरा नल्याउन चेतावनी जारी गरे पनि ती युवाले त्यो सूचनालाई बेवास्ता गर्दा यति ठूलो चोट सहनु परेको हो । त्यस्ता वस्तु ल्याउँदा ३ बर्ष जेल सजायदेदि १० लाख जरिवानासम्म हुनसक्ने कानुनी व्यवस्था छ ।

जापानमा झुक्किएर पनि लैजान नहुने वस्तु

१. मासु र मासु जन्य खानेकुरा, जस्तै : सुकुटी, फ्राई मासु , आलोमासु आदि ।

२. ससेज, सलामी वा मासुबाट बनेका कुनै पनि परिकार ।

३. पकाएको खानेकुरा ।

४. सुख्खा खानेकुरा सिन्की, गुन्द्रुक, खुर्सानी, अन्य सुकाएका खानेकुरा, अचारमा प्रयोग गरिने भाङ ।

५. मरमसला, खुर्सानीको धुलो, खानामा प्रयोग गरिने मसाला जन्य सामग्री । खुल्ला तथा मिति, गुणस्तर, प्रयोग सामग्री नखुलाईएको ।

६. घ्यु, गुदपाक, सुत्केरी मसलालगायत खुल्ला घरेलु खानेकुरा ।

७. प्रज्वलनशिल पदार्थहरु ग्याँस, तेल, पेट्रोलियम पदार्थ, ईनामेल, लाईटर, सलाई, विद्युत् प्रवाह गर्नसक्ने चार्ज व्याट्रि लगायत

८. हतियार तथा औजार, चक्कु, खुकुरी, कैंची, पत्ती, ब्लेड, हम्मर, मार्रतोल, लगायत काट्न मिल्ने खालका हतियारजन्य सामान ।

९. औषधि, व्यक्तिगत प्रयोग गर्दै आएका औषधि बाहेक बोक्न पाईंदैन (प्रयोग गरिरहेको हो भने पनि अनिवार्य चिकित्सकले काटेको पुर्जी र चेकजाँच गरेको कागजात हुनुपर्नेछ ।) (एजेन्सीहरूकाे सहयाेगमा)

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार