free website hit counter

नेपालमा कोरोना संक्रमण भयाबह होला कि नहोला ?

beemaadmin
२०७६ चैत्र १२, बुधबार

– विश्वमा अहिलेसम्म ४ लाख २२ हजार ६ सय १४ जना संक्रमित भएका छन् | मृत्यु १८ हजार ८ सय ९२ जनाको भएको छ भने १ लाख ८ हजार ८ सय ७९ जना निको भएका छन् |
– भर्खर संक्रमण भएका २ लक ९४ हजार ८ सय ४३ मध्ये ९६ % सामान्य अवस्थामा छन् भने ४ % मात्र गम्भीर अवस्थामा छन् | यो सुखद पक्ष हो भने मृत्यु हुनेको संख्या बढेर १५ % पुगेको छ, यो गम्भीर बिषय हो | संक्रमण १९७ देशमा फैलिएको छ, त्यसैले संक्रमितहरुको संख्या निकै बढ्ने अनुमान गर्न सकिन्छ | हाल संक्रमण पुष्टि भएको संख्याभन्दा धेरै गुणा व्यक्तिहरु रोग थाहा नपाइ बसेको अवस्था हुनसक्छ |
– पहिले कोरोना संक्रमणको इपिसेन्टर चीन थियो भने अहिले युरोप छ | अत्यन्तै ख्याल नगर्ने हो भने अबको इपिसेन्टर दक्षिण एसिया हुनसक्छ |
– केहि हप्ता पहिले नगन्य संक्रमित भएका दक्षिण एसियामा देशमध्ये अहिले पाकिस्तानमा ९७२ जना संक्रमित छन्, भारतमा ५३६ जना, श्रीलंकामा १०२ जना, अफगानिस्तानमा ७४ जना, बंगलादेशमा ३९ जना, माल्दिभ्समा १३ जना, म्यान्मारमा ३ जना, भुटान र नेपालमा २ – २ जना संक्रमित छन् |
– लामो समयसम्म श्रीलंका र नेपालमा १-१ जना संक्रमित थिए | अहिले श्रीलंकामा १०२ जना संक्रमित पुगिसके | बंगलादेश लामो समयसम्म संक्रमणमुक्त थियो भने अहिले ३९ जना पुगिसकेका छन् | यसबाट के अनुमान गर्न सकिन्छ भने नेपालमा संक्रमितको संख्या बढ्नेछ | सरकार र जनता सचेत हुने हो भने संक्रमितको संख्या २ अर्थात ९९ जनाभित्र रहनेछ भने सचेत नभएमा ३ अंक अर्थात ९९९ जनासम्म पुग्न धेरै समय लाग्ने छैन |
– व्यक्तिगत सरसफाई, पोषिलो आहार, घरभित्र बस्ने नियमको पालना, स्वास्थ्यकर्मीलाई पीपीइको ब्यबस्था, अस्पतालबाट रोग नसर्ने ग्यारेन्टी, १ महिना लक डाउन गरेमा संक्रमितको संख्या त्यति धेरै बढ्ने छैन |
– भारत लगायत बाहिरबाट आएका प्रत्येक व्यक्ति कडा रुपमा क्वारेन्टाइनको कार्यान्वयन नगरेमा संक्रमितको संख्या हजार पुग्ने प्रक्षेपण गर्न सकिन्छ |
– घरबाहिर निस्कदा सबैलाई शंका गरौँ, घरभित्र पस्दा आफैलाई शंका गरौँ | त्यहि अनुसार दुरी कायम गरौँ, हात धुन अल्छी नगरौं | हाम्रो सामुहिक प्रयासले मात्र कोरोना भाइरसलाई पराजित गर्न सकिन्छ |

(फेसबुकबाट)

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार