free website hit counter

नेपालीका लागि नेपाली अभियानबाट किन फालिए ज्ञानेन्द्र शाही

beemaadmin
२०७६ मंसिर १२, बिहीबार

काठमाडौं । नेपालीका लागि नेपाली अभियान संघीयता, धर्मनिरपेक्षता खारेजी, राजतन्त्रलगायतका एजेण्डासहित विभिन्न गतिविधि गर्दै आएको संस्था हो । नेपालीका लागि नेपाली अभियानबाट ज्ञानेन्द्र शाहीलाई नै निस्कासन गरिएको छ । बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले उनलाई निस्कासन गर्ने निर्णय गरेको अभियन्ता वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले जानकारी दिएका छन् । शाहीलाई निस्कासन गर्नुपर्ने कारणबारे खुलाउँदै न्यौपानेले भने, हाम्रो सिद्धान्त मिलेन, हामी राजतन्त्र जोगाउन लागिरहेका छौं, तर उहाँले गणतन्त्रको कुरा गर्न थाल्नुभयो । अब उप्रान्त शाहीका कुनै पनि अभिव्यक्ति र कार्यक्रममा नेपालीका लागि नेपाली अभियानको संलग्नता नरहने अभियानले जनाएको छ ।
यअभि अभियानअन्तर्गत चितवनमा आयोजित एक कार्यक्रमा भाग लिन जाने क्रममा शाही मरणासन्न हुने गरी कुटिएका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार