free website hit counter

नेपालीलाई फर्काउन सरकारसँग हारगुहार

beemaadmin
२०७६ माघ १४, मंगलवार

काठमाडौं । छिमेकी मित्रराष्ट्र चिनको हुवइ प्रान्तकाे राजधानीमा उहानमा फैलिएको कोरोना भाइरसका कारण चिनले १० भन्दा बढी शहरहरुमा आवागमन प्रतिबन्ध गरिसकेको छ । उक्त भाइरस अहिलेसम्म १८ देशमा फैलिइसकेको छ । नेपालमा पनि त्यसको संक्रमण देखिएको सरकारले पुष्टि गरिसकेको अवस्थामा हुवइ प्रान्तमा अध्ययनरत ६० जना विद्यार्थी र अन्य नेपालीलाई तत्काल उद्दार गर्नुपर्ने माग सरोकारवालाहरुले राखेका छन् ।

हुवइ प्रान्तमा अध्ययनरत र केही समयअघि नेपाल फर्किएका विद्यार्थीहरु कृष्णभक्त दुवाल लगायतका नेपालीहरुले मंगलबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई भेटेर ध्यानाकर्षण पत्र पेश गरेका छन् । यसैगरी काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणलाइ पनि ज्ञापनपत्र बुझाइएको छ ।

उक्त पत्रमा विशेष गरी चीनको हुवइ प्रान्तमा रहेका नेपालीहरुलाई तत्काल उद्दार गर्न माग गरिएको छ । यसरी माग गर्नेहरुमा हुवइ प्रान्तमा पीएडी अध्ययनरत नेपाली विद्यार्थीहरु दुवालका अलावा, जगदिश्वर श्रेष्ठ, डम्बर सुनार, सुदन वली रहेका छन् । उनीहरु केही समयअघि मात्रै नेपाल फर्किएका हुन् ।

सम्बन्धित समाचार