free website hit counter

नेपाल अर्बुद रोग निवारण संस्थाको २९औं केन्द्रीय सभा सम्पन्न

beemaadmin
२०७६ पुष २०, आईतवार

काठमाडौं । नेपाल अर्बुद रोग निवारण संस्थाको २९औं केन्द्रीय सभा सम्पन्न भएको छ । ४४ जिल्लाबाट प्रति जिल्ला जिल्ला कार्य समितिका ५ जनाका दरले उपस्थिति रहेको उक्त केन्द्रीय सभाको समापनमा आयोजित विशेष कार्यक्रममा सस्थाका केन्द्रीय अध्यक्ष लोकेन्द्रबहादुर श्रेष्ठ (ईश्वर)ले सहभागी सबैलाई विशेष धन्यवाद दिनुभएको थियो ।

काठमाडौंको चिसो मौसममा पनि आङ्खनै खर्चमा सहभागी हुन आउनुभएका जिल्ला प्रतिनिधिहरुलाई विशेष धन्यवाद ज्ञापन गर्दै उहाँले सभाको गरिमा बढाउन र सफल बनाउन महत्वपूर्ण भूमिका खेलेकोमा उपस्थिति प्रतिनिधिहरुप्रति कृतज्ञता व्यक्तगर्दै संस्थाको उद्देश्य पूरा गर्न र सभाबाट पारित भएका विषयलाई कार्यान्वयनमा ल्याउनका लागि उपस्थिति प्रतिनिधिहरुलाई विशेष आग्रह गर्नुभएको थियो ।

सभाको उद्घाटन स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले एक विशेष समारोहकाबीच शुक्रबार गर्नुभएको थियो । सो कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री गगन थापा, उपभोक्तावादी नेता ज्योति बानिया, क्यान्सर अस्पतालका पूर्व निर्देशक डा. प्रकाश न्यौपाने, डा. सुदीप श्रेष्ठ र संस्थाका पूर्व अध्यक्षहरु जितबहादुर श्रेष्ठ, दिवाकर राजकर्णिकारलगायतको उपस्थिति रहेको थियो । उद्घाटन समारोहमा उपस्थित भएर कार्यक्रमलाई सफल बनाउन भूमिका खेलेकोमा केन्द्रीय अध्यक्ष श्रेष्ठले स्वास्थ्यमन्त्री ढकाललगायत उपस्थित सबैमा धन्यवाद ज्ञापन गर्नुभएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार