free website hit counter

नेपाल इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

beemaadmin
२०८१ भाद्र १९, बुधबार

काठमाडौं । नेपाल इन्स्योरेन्सले संस्थापक समूहको शेयर लिलाम बढाबढ प्रक्रियाद्धारा बिक्री गर्न बोलपत्र आह्वान गरेको छ । कम्पनीको संस्थापक समूहको ६६ हजार ५६६ कित्ता सेयर बिक्रीमा राखेको हो । इन्स्योरेन्सको उक्त संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनी वा जोकोही योग्य व्यक्ति तथा कम्पनीले खरिद गर्न पाउनेछन् । इन्स्योरेन्सको संस्थापक शेयरमा आज भदौ १९ गतेदेखि असोज २ गतेसम्म आवेदन दिन सकिने छ । उक्त शेयरको मूल्य न्यूनतम प्रतिकित्ता ३ सय रुपैयाँ तोकिएको छ भने कम्तिमा एक हजार कित्ता शेयरको लागि आवेदन सकिनेछ । नेपाल बीमा प्राधिकरणको बीमकको संस्थापक सेयर कारोबार सम्बन्धि निर्देशिका २०७७ बमोजिम संस्थापक सेयर बिक्रीमा राखिएको हो । बोलपत्र आवेदन फाराम इन्स्योरेन्सको बिक्री प्रवन्धक एनआईएमबि एस क्यापिटमा पेश गर्न सकिने छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार