free website hit counter

नेपाल एसबिआई बैंकले घोषणा गर्‍यो लाभांश

beemaadmin
२०८३ कार्तिक २८, शुक्रबार

काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्ता पुँजीको ३.४ प्रतिशत बोनस सेयर र ४.८५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। नगद लाभांशमा कर प्रयोजनका लागि आवश्यक रकमसमेत समावेश गरिएको बैंकले जनाएको छ।

Advertisement
Advertisement

कात्तिक २७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

Advertisement
Advertisement

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुनुपर्नेछ। त्यसपछि बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले लाभांश प्राप्त गर्नेछन्।

बैंकको यो निर्णयसँगै सेयरधनीले चुक्ता पुँजीको कुल ८.२५ प्रतिशत लाभांश पाउने प्रस्ताव गरिएको छ।

सम्बन्धित समाचार