free website hit counter

नेपाल पुनर्बीमा कम्पनीको निमित्त सिइओमा भण्डारी नियुक्त

beemaadmin
२०८३ असार ४, बिहीबार

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दामोदर भण्डारी नियुक्त भएका छन्।

कम्पनीको सञ्चालक समितिको बुधबार बसेको बैठकले सहायक प्रमुख कार्यकारी अधिकृत भण्डारीलाई निमित्त सीईओको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो। कम्पनी सचिव सुष्मा गौतमका अनुसार भण्डारीले आजैदेखि उक्त जिम्मेवारी सम्हाल्नेछन्।

भण्डारीको नियुक्तिसँगै कम्पनीको नेतृत्वको जिम्मेवारी उनले निमित्त सीईओका रूपमा वहन गर्ने भएका छन्।

सम्बन्धित समाचार