free website hit counter

पुँजी वृद्धि गर्न नेपाल पुनर्बीमामा सरकार पनि हकप्रद सेयर किन्ने तयारीमा

beemaadmin
२०८३ कार्तिक १९, बुधबार

काठमाडौं । नेपाल सरकारले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा थप हकप्रद सेयर लगानी गर्ने भएको छ। कम्पनीमा सरकारको थप हकप्रद सेयर लगानी गर्न मन्त्रिपरिषद्ले सहमति प्रदान गरेको हो।

मंगलबार (कात्तिक १७ गते) बसेको मन्त्रिपरिषद् बैठकले नेपाल पुनर्बीमा कम्पनीमा थप हकप्रद सेयर लगानी गर्न सहमति दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्। सरकारको निर्णयसँगै कम्पनीमा थप सरकारी पुँजी लगानी गर्ने प्रक्रिया अघि बढाउने बाटो खुलेको छ।

Advertisement
Advertisement

नेपाल बीमा प्राधिकरणले नेपाल पुनर्बीमा कम्पनीको चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुर्‍याउन निर्देशन दिएको छ। हाल कम्पनीको चुक्ता पुँजी १३ अर्ब ४२ करोड रुपैयाँ छ। प्राधिकरणको निर्देशनअनुसार पुँजी वृद्धि गर्न कम्पनीले हकप्रद सेयर जारी गर्ने प्रस्ताव अघि सारेको थियो।

Advertisement
Advertisement

कम्पनीमा नेपाल सरकारको हाल ४४.०४ प्रतिशत सेयर स्वामित्व छ। त्यस्तै, सर्वसाधारणको १६ प्रतिशत र हिमालयन लाइफ इन्स्योरेन्सको ७.२५ प्रतिशत सेयर रहेको छ।

अन्य सेयरधनीमध्ये एसियन लाइफ इन्स्योरेन्सको ३.८३ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ३.२४ प्रतिशत र राष्ट्रिय बीमा कम्पनीको २.७७ प्रतिशत हिस्सा छ।

त्यसैगरी, हिमालयन एभरेष्ट इन्स्योरेन्स र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको समान १.६८ प्रतिशत तथा नेको इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र युनाइटेड अजोड इन्स्योरेन्सको समान १.६२ प्रतिशत सेयर स्वामित्व रहेको छ।

सम्बन्धित समाचार