free website hit counter

नेपाल प्रहरीका हाकिमहरु को कता ? (सूचिसहित)

beemaadmin
२०७८ असार ८, मंगलवार

काठमाडौं । नयाँ गृहमन्त्रीको प्रवेशपछि गृह मन्त्रालयले १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) र १५ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरूवा गरेको छ। सोमबार मन्त्रालयले डीआईजी र एसएसपीहरूको सरूवा गरेको हो। सरूवा सूचीअनुसार केन्द्रीय अनुसन्धान ब्युरोमा डीआईजी धिरजप्रताप सिंहको सरूवा भएको छ। गण्डकी प्रदेशमा डीआईजी दिवेश लोहनी तथा प्रदेश १ मा अरुणकुमार बिसीको सरूवा भएको छ। सहकुलबहादुर थापाको प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय निर्देशनालयमा र उमेश रञ्जितकारको २ नम्बर प्रदेशमा सरूवा भएको छ। यस्तै, प्रकाशजंग कार्कीको बागमती प्रदेश, मुकुन्दराज आचार्यको लुम्बिनी प्रदेश, गणेशबहादुर ऐरको कर्णाली प्रदेश, रविन्द्रकुमार धानुकको विशेष ब्युरो, वसन्तकुमार पन्तको अख्तियार, ईश्वरबाबाबु कार्कीको प्रधान कार्यालय योजना तथा अन्वेषण, उत्तमराज सुवेदीको महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सरूवा भएको छ। यस्तै, एसएसपीहरुमा उमेश राज जोशीको प्रहरी प्रधान कार्यालयमा, जिप्रका कास्कीमा कृष्णहरी शर्मा पोखरेलको सरुवा भएको छ ।

 

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार