free website hit counter

नेपाल फाइनान्सको नाफा २४२४ प्रतिशतले बढ्यो

beemaadmin
२०८१ माघ ८, मंगलवार

काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडको खुद ब्याज आम्दानी बढेसँगै नाफामा सुधार आएको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८१–८२ को दोस्रो त्रैमाससम्ममा २ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिमा कम्पनीले कमाएको ८ लाख १२ हजारको तुलनामा २ हजार ४२४ प्रतिशतले बढी हो । समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी पनि १२.१५ प्रतिशतले बढेर भएर ५ करोड २२ लाख रुपैयाँ पुगेको छ । कम्पनीको खुद सञ्चालन आम्दानी ५ करोड ५४ लाखबाट बढेर ८ करोड ९५ लाख पुगेको छ । यस्तै कम्पनीको सञ्चालन नाफा पनि २ करोड ९२ लाख रुपैयाँ पुगेको छ। कम्पनीको कुल शुल्क तथा कमिशन आम्दानी घटेको छ । कम्पनीले ५६ लाख ६१ हजार रुपैयाँबराबरको कुल शुल्क तथा सञ्चालन आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ३.७८ प्रतिशतले कम हो । समीक्षा अवधिसम्म कम्पनीले इम्पेयरमेन्ट चार्जका लागि २ करोड ६१ लाख रुपैयाँ छुट्टाएको छ । कम्पनीको वितरणयोग्य मुनाफा भने २६ करोड १९ लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ । कम्पनीको रिटेन्ड अर्निङ २६ करोड १९ लाख रुपैयाँले ऋणात्मक रहेकोमा रिजर्भको आकार भने १०.८३ प्रतिशतले बढेर ४८ करोड १३ लाख रुपैयाँबराबर पुगेको छ । यो अवधिसम्म ३ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गरेको कम्पनीले २ अर्ब १३ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । कम्पनीको खराब कर्जा अनुपात घटेको छ । अघिल्लो आवमा १०.५२ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर १०.४६ प्रतिशतमा झरेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार