free website hit counter

नेपाल फाइनान्समा दुई संचालक नियुक्त

beemaadmin
२०७७ श्रावण १८, आईतवार

काठमाडौं । नेपाल फाइनान्सको रिक्त दुई सञ्चालक नियुक्त भएका छन् । रहेको सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने संचालक पदमा रोजीना श्रेष्ठ नियुक्त भएकी हुन् ।

उनलाई पानस इनभेष्टमेन्टको तर्फबाट बाँकी कार्यकालको लागि श्रेष्ठ संचालक पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । त्यस्तै संस्थाको रिक्त रहेको स्वतन्त्र संचालक पदमा आनन्द कृष्ण ताम्राकारलाई नियुक्त गरेको छ । उनलाई ३२५ औ संचालक समितिको बैठकको निर्णयबाट नियुक्त गरिएको जनाइएको छ ।

ताम्राकार कृषि बिकास बैंकमा ३० बर्ष कार्य गरी अबकास प्राप्त भैसकेका छन् । संचालक नियुक्ती पश्चात संस्थामा ७ जनाको संचालक समिति पुगेको छ । जसमा प्रा हिरेन्द्रमान प्रधान अध्यक्ष, चन्द्र कुमार राई, दिप्रश शाक्य, राजन प्रजापती, लक्ष्मी महर्जन रोजीना श्रेष्ठ र आनन्द कृष्ण ताम्राकार सहितको संचालक समिति भएको फाइनान्सले जनाएको छ । फाइनान्स बिगत ५ बर्षदेखि समस्याग्रस्त अबस्थामा रहेकोमा २०७६ मंसिर २५ गतेबाट नेपाल राष्ट्र बैंकबाट सशर्त फुकुवा भई सामान्य अबस्थामा कारोबार शुभारम्भ भएको हो । फाइनान्सले आषाढ मसान्त सम्ममा २१ करोड निक्षेप संकलन गरी १२ करोड कर्जा प्रबाह गरेको जानकारी दिएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार