free website hit counter

नेपाल बंगलादेश बैंकले दियो २ करोड २५ लाखको औषधि सहयोग

beemaadmin
२०७७ भाद्र १२, शुक्रबार

काठमाडौं । संकटका बेला सबैले आफ्नो दायित्व सम्झनु पर्दछ । नेपाल बंगलादेश बैंकले कोभिड १९ को उपचारमा प्रयोग हुने जीवनरक्षक औषधि नेपालमा अभाव भइरहेको बेला दुई करोड २५ लाख रुपैयाँ बराबरका औषधि सहयोग गरेको छ ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत संयुक्त लगानीको बैंक आईएफआईसी बैंक बंगलादेश तथा औषधि उत्पादक बेक्सिमको फर्मास्युटिकल बंगलादेशको संयुक्त पहलमा ती औषधिहरु सहयोग गरिएको हो । हाल देशमा आइपरेको विषम परिस्थिति र तत्पश्चात् कोभिड १९ को जीवन रक्षक मानिएको औषधि RENDESIVIR पाँच हजार थान बिहीबार ढाकास्थित नेपाली राजदूत डा. बंशिधर मिश्रालाई हस्तान्तरण गरिएको छ ।

उक्त औषधि अबको एक–दुई दिनभित्रमा नेपाल आइसक्ने र सर्वसाधारण जनताको जीवन रक्षामा प्रयोग हुने विश्वास बैंकको छ । उक्त औषधिको हालको बजार मूल्य करिब दुई कारोड २५ लाख रुपैयाँ भन्दा बढी रहेको छ । नेपाल बंगलादेश बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि नेपाल सरकारको कोभिड १९ फण्डमा एक करोड ४५ लाख प्रदान गरिसकेको छ । समाज प्रति एक जिम्मेवार बैंकको हैसियतले बैंक सदैव आफ्नो जिम्मेवारी बहन गर्न तयार रहेको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार