free website hit counter

नेपाल बंगलादेश बैंकले नाफा बढायो

beemaadmin
२०७६ कार्तिक २९, शुक्रबार

काठमाडौं । नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफामा उल्लेख सुधार गरेको छ । पहिलो त्रैमासमा ४० करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तलुनामा ३३.३२ प्रतिशतले बढी हो। गत वर्षको यहि अवधिमा बैंकले ३० करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको वितरण योग्य नाफा भने १४ करोड ८६ लाख रुपैयाँ छ। यस अवधिमा बैंकले ५८ अर्ब ३७ करोड निक्षेप संकलन गरी ५५ अर्ब ८५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप संकलन २६ र कर्जा लगानी विस्तार १५ प्रतिशतले सुधार भएको हो।

त्यसबाट बैंकले ७४ करोड ७९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। बैंकको खुद ब्याज आम्दानी ८.३३ प्रतिशतले सुधार भएको छ। गत आवको प्रथम त्रैमासको तुलनामा बैंकको सञ्चालन मुनाफा २४ प्रतिशतले बढेर ५५ करोड ९४ लाख पुगेको छ । चुक्ता पूँजी ८ अर्ब ८ करोड ८२ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा तीन अर्ब ५४ करोड रुपैयाँ सञ्चित छ। पूँजी स्थीर रहेको यस बैंकको यस अवधिमा जगेडा कोषमा भने १२ प्रतिशत धेरैले गिरावट आएको देखिन्छ।
गत आवको प्रथम त्रैमासमा बैंकको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ९३ पैसा रहेकोमा ४ रुपैयाँ ९८ पैसाले बढेर चालु आवको यसै अवधिमा वार्षिक १९ रुपैयाँ ९१ पैसा कायम भएको हो। बैंकको खराब कर्जा अनुपात ०.४२ प्रतिशतले बढेर १.९७ प्रतिशत पुगेको छ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार