free website hit counter

नेपाल बैंकमा नयाँ सिइओको खोजी

beemaadmin
२०८० आश्विन ८, सोमबार

काठमाडौं । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी चार वर्षे कार्यकाल पूरा गरेर बाहिरिँदै छन् । दोहोरिने सम्भावना न्यून देखेपछि अधिकारीले बाहिरिने निर्णय गरेका हुन् । २०७६ असोज १४ गते नेपाल बैंकको सीईओमा नियुक्त भएका उको कार्यकाल असोज १४ गते सकिँदैछ । बैंक सञ्चालक समितिले उनलाई दोस्रो कार्यकालका रुपमा नियुक्त गर्न आनाकानी गरेपछि अधिकारीले बैंकबाट बाहिरिने निर्णय गरेको बुझिएको छ । बैंकको सञ्चालक समितिले नयाँ सीईओ नियुक्तिको प्रक्रिया पनि अगाडि बढाइसकेको छ । बैंकका सञ्चालक समिति सदस्य आनन्द काफ्लेको संयोजकत्वमा तीन सदस्यीय सीईओ छनोट समिति गठन गरिएको छ । बैंक स्रोतका अनुसार आगामी बिहीबार बस्ने सञ्चालक समितिको बैठकले नयाँ सीईओका लागि आवेदन आह्वान गर्नेछ । २०७६ मा खुला प्रतिस्पर्धाबाट सीईओमा नियुक्त भएका अधिकारीले १४ जना प्रतिस्पर्धीलाई पछि पार्दै बैंकको सीईओमा नियुक्त भएका थिए । उनको कार्यकालमा नेपाल बैंकले फड्को मारेको छ । कुनै समय ठूलो नोक्सानी व्यहोरेको नेपाल बैंक पछिल्लो समय वाणिज्य बैंकहरुबीच एक अब्बल बैंकका रुपमा स्थापित भएको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार