काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) को जिम्मेवारी नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाललाई दिएको छ।
कम्पनीको सञ्चालक समितिको ४१८औँ बैठकले साउन ४ गतेदेखि साउन २८ गतेसम्मका लागि कयाललाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।
Advertisement
कम्पनीका नियमित प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीको पद उक्त अवधिमा रिक्त रहने भएकाले २४ दिनका लागि कयाललाई जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ।
Advertisement
बीमा ऐन, २०७९ तथा अन्य प्रचलित कानुनबमोजिम कम्पनीको दैनिक प्रशासनिक तथा आवश्यक व्यवस्थापकीय कार्य सञ्चालन गर्ने अधिकारसहित कयाललाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरिएको कम्पनीले जनाएको छ।