free website hit counter

नेपाल लाइफको नयाँ कीर्तिमान, एक वर्षमै १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क संकलन

beemaadmin
२०८३ श्रावण २, शनिबार

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क संकलन गर्दै जीवन बीमा क्षेत्रमा नयाँ इतिहास रचेको जनाएको छ।

कम्पनीका अनुसार नेपाली जीवन बीमा उद्योगमा एकै आर्थिक वर्षमा १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गर्ने यो पहिलो उपलब्धि हो।

यसअघि कम्पनीले गत आर्थिक वर्षमा १० अर्ब रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्दै कीर्तिमान बनाएको थियो। यस वर्ष भने आफ्नै पुरानो रेकर्ड तोड्दै थप उचाइ हासिल गरेको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यो उपलब्धिमा योगदान पुर्‍याउने बीमित, अभिकर्ता, कर्मचारी, शेयरधनी तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरेका छन्।

उनले कम्पनीले आगामी दिनमा पनि गुणस्तरीय सेवा, नवीन बीमा योजना र ग्राहककेन्द्रित सेवामार्फत जीवन बीमा क्षेत्रको नेतृत्वलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

सम्बन्धित समाचार