free website hit counter

नेपाल लाइफले २१.०५ प्रतिशत लाभांश वितरण गर्ने

beemaadmin
२०८२ मंसिर २५, बिहीबार

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २४ गते बुधबार साँझ बसेको सञ्चालक समितिको ४०४ औं बैठकले आर्थिक वर्ष २०८१–८२ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई २१.०५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो । प्रस्तावित लाभांशमध्ये ५ प्रतिशत बोनस सेयर र १६.०५ प्रतिशत (कर प्रयोजनसहित) नगद लाभांश रहेको छ । कम्पनीको हालको चुक्तापूँजी ९ अर्ब २ करोड ८७ लाख रुपैयाँ रहेको छ । जसमा कम्पनीले सेयरधनीलाई १ अर्ब ९० करोड ७ लाख ९२ हजार २५५ रुपैयाँ बराबरको लाभांश वितरण गर्न लागेको हो । नियामक नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि प्रस्तावित लाभांश कार्यान्वयनमा आउनेछ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार