नेपाल हाइड्रो डेभलोपर्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कात्तिक २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत हुनुपर्नेछ। आयोगबाट स्वीकृति प्राप्त भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेसँगै शेयरधनीलाई उक्त लाभांश वितरण गरिने कम्पनीले जनाएको छ।