free website hit counter

नेशनल लाइफको लाभांश दर परिमार्जन

beemaadmin
२०७७ मंसिर १९, शुक्रबार

काठमाडौं । बीमा समितिको निर्देशनका कारण नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रस्तावित लाभांश परिमार्जन भएको छ । कम्पनीले यसअघि प्रस्ताव गरेको १७.५ प्रतिशत लाभांशलाई परिमार्जन गरी अब १०.५३ प्रतिशत लाभांश दिने भएको हो ।

कम्पनीले बीमा समितिको निर्देशन अनुसार उक्त लाभांश परिमार्जन गरेको हो । यससँगै कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद (कर प्रयोजनको लागि) लाभांश वितरण गर्ने भएको छ ।

जुन यसअघि प्रस्ताव गरेको लाभांश भन्दा घटी हो । लाभांशदर घटेपनि कम्पनीले बोनसदरलाई बढाएर नगद लाभांशलाई घटाई नयाँ प्रस्ताव गरेको हो । यसअघि कम्पनीले १५ प्रतिशत नगद लाभांश र २.५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो ।

जुन कम्पनीले बीमा समितिको अनुसार परिमार्जन गरी बोनसदर ८ प्रतिशतले बढाएर नयाँ प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्छ । हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ८ करोड रुपैयाँ रहेको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार