free website hit counter

नेशनल लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

beemaadmin
२०७६ माघ ४, शनिबार

काठमाडौं । निजगढ बारा निवासी राज श्रेष्ठकी श्रीमती सुनिता श्रेष्ठलाई मृत्यु दाबी भुक्तानीबापत नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी अन्तर्गतको पहिलो हिस्सा रु ३ लाखको चेक हस्तान्तरण गरेको छ । केही महिना अगाडि मात्र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीमा आफ्नी छोरी रियाना श्रेष्ठको आफू प्रस्ताबक बसी रु. ३ लाखको बाल अमृत बीमा योजना अन्तर्गत बीमा गरेका थिए । राज श्रेष्ठको सवारी दुर्घटनामा परी असामयिक निधन भएपछि उनकी धर्मपत्नी सुनिता श्रेष्ठलाई बीमा दाबी भुक्तानी वापतको रु.३ लाखको चेक कम्पनीका प्रतिनिधि जनकबहादुर श्रेष्ठ हस्तान्तरण गरेका हुन् । बाल अमृत बीमा योजनाअनुसार मृतककी छोरी रीयाना श्रेष्ठले बीमा समाप्ति अघि ३ लाखको २५÷२५ प्रतिशत र बीमा समाप्तिमा ५० प्रतिशत गरी पूरा ३ लाख र पूरै अवधिको बोनस पनि पाउने छिन् ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार