free website hit counter

नेशनल लाईफद्वारा उत्कृष्ट पाँच जना सम्मानित

beemaadmin
२०७९ भाद्र २३, बिहीबार

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले कर्मचारीको क्षमता वृद्धिसँग सम्बन्धित प्रशिक्षण सम्पन्न गरेको छ । पोखरामा सम्पन्न भएको उक्त प्रशिक्षण ‘एक्सेल एण्ड इलेभेट’ नारा राखेर सम्पन्न गरिएको हो । उक्त नाराले सुधार गरौं भन्ने संकेत गर्छ । कार्यक्रम कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गर्ने उदेश्यले सम्पन्न गरिएको नेशनल लाइफका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले जानकारी दिइन । त्यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० सुरेश खत्रीले बीमा व्यवसाय प्रतिष्पर्धात्मक हुँदै गइरहेको वर्तमान स्थितीमा आफ्नो दक्षता, मेहनत र आपसी समन्वयबाट कम्पनीको व्यवसायिक लक्ष्य हासिल गर्नुपर्ने बताए । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रम आवश्यक रहेको जानकारी दिए । बीमा समितिका निर्देशक सुशीलदेव सुवेदीले नेपालको बीमा क्षेत्रमा संस्थागत सुशासनको अवस्थाका बारेमा जानकारी गराए भने पूर्व मिस नेपाल सुगारिका केसीले ब्यक्तित्व विकासका बारेमा प्रशिक्षण प्रदान गरिन् । नेपाल पुनर्बीमा कम्पनीका पूर्व सीईओ चिरायु भण्डारीले जोखिमाङ्कन प्रक्रियाको महत्वबारे प्रकाश पारे भने सोही सम्मेलनमा उत्कृष्ट कार्य गर्ने ५ जना कर्मचारीहरुलाई नेशनल लाइफले पुरस्कार समेत वितरण गरेको थियो । दुई सय जनाभन्दा बढिको सहभागितामा कार्यक्रम सम्पन्न भएको नेशनल लाइफले जनाएको छ ।

सम्बन्धित समाचार