free website hit counter

नो भीड, नो कोभिड

beemaadmin
२०७७ असार १०, बुधबार

१. कोरोना लाग्दैमा मृत्यु हुँदैन | ८५ % संक्रमितलाई थाहै नपाइ वा सामान्य लक्षण देखिएर आफै निको हुन्छ | १० % लाई लक्षण अनुसारको सामान्य उपचारले निको हुन्छ | ५ % लाई सघन उपचारको आवश्यक हुनसक्छ | २.५ % निको भएर घर फर्किन्छन | बाँकी २.५ % लाई जोखिम हुनसक्छ |
२. उमेर र दीर्घरोग मात्र जोखिम बढाउने अवस्था हैनन् | दीर्घ मुटु, फोक्सो तथा किड्नीको रोग, औषधिबाट नियन्त्रण नभएका मधुमेह, उच्च रक्तचाप, दम तथा अटो इम्युन डिजिज भएका र उमेर बढी भएका व्यक्ति घरभित्र पनि आइसोलेसनमा बसेमा संक्रमण नहुन सक्छ |
३. अहिलेसम्म कोभिड निको गर्ने स्पेसिफिक औषधि बजारमा आएको छैन | १०० % ठिक हुन्छ भन्ने रामदेवको भनाइ गलत छ | सानो स्यापल साइजमा तथा युवा उमेरका संक्रमितमा गरिएको क्लिनिकल ट्रयालको रिपोर्टको कुनै अर्थ छैन | ० % मृत्युदर तथा ३ दिनमै ६९ % कोरोना फ्री भएको भन्ने कुरा गलत छ | पतंजलीको औषधिमा मिसिएको गुर्जो, अश्वगन्धा तथा तुलसी नेपालमा जहाँपनि पाइन्छ | यसले भाइरसलाई नष्ट गर्दैन | पतंजली व्यापारिक संस्था हो | उसका धेरै उत्पादन पछिल्लो समयमा गुणस्तरहीन छन् | हामीले कोरोनिल ट्याब्लेटले कोभिड निको हुन्छ भन्ने भ्रममा नपरौं | त्यस्तै कोभिड निको गर्छु भन्दै कसैले दावी गर्छ भने प्रमाणित नभएसम्म त्यस्ता कुरा विश्वास नगरौं | आफ्नै देशमा भएका जडिबुटी सेवन गरेर रोगसँग लड्ने क्षमता बढाउँ |
४. कोभिड बिरुद्धको खोप १ महिनापछि तेस्रो फेजमा पुग्ने अमेरिकी बैज्ञानिक एन्थोनी फाउचीले बताएका छन् | यो २०२० भित्र खोप आउने विश्वास गरिएको छ | खोप नै यसको भरपर्दो समाधान हो |
५. तरकारी, फलफुल, खानेकुरा, पैसा आदिबाट सामान्य सतर्कता अपनाए कोरोना संक्रमण सर्दैन | यो रोग सर्न नदिनको लागि बन्द कोठामा संक्रमितसंग लामो समय कुरा नगर्ने, कार्यस्थलमा झ्यालढोका खोल्ने, भीडभाडमा नजाने, तथा आत्मबल बलियो बनाउने नै हो |
६. इम्युनिटी पावर बढाउन पोषिलो खाना खाने, व्यायाम गर्ने, पर्याप्त सुत्ने, घाम ताप्ने, सकारात्मक सोंचको बिकास गर्ने, चिन्ता नलिने, योग / ध्यान गर्ने गर्नुपर्दछ |
७. डिजिटल डिस्टेंस कायम गर्ने / मेडियाको ब्रत लिने | आधिकारिक सूचना र विज्ञको सल्लाह सुन्ने बानी गर्ने | दिमागबाट कोरोना हटाउने | शारीरिक कोरोनाभन्दा मानसिक कोरोना धेरै घातक हुन्छ | शंका र अनाबश्यक जिज्ञासा पाल्नु हुँदैन |
८. ब्यबसायीले घाटा न्यूनीकरण गर्न बैकल्पिक पेशा अपनाउने | महँगो भाडा, ऋण तथा बिबिध खर्चलाई कटाएर तनाबमुक्त हुने | रोजगारी गुमेका व्यक्तिले कृषिमा आफ्नो भविष्य हेर्ने |
९. लाखजना संक्रमित भएपनि तपाइँ संक्रमित नभएसम्म तनाब लिनुको अर्थ छैन | तपाइंलाई संक्रमण भएपनि २-३ हप्तामा निको हुन्छ | आफ्नो आन्तरिक क्षमतामा जहिले पनि विश्वास गर्नुपर्दछ |
१०. हामीले केहि बर्ष कोरोना भाइरससंगै बाँच्नु पर्ने हुनसक्छ | तसर्थ सरसफाई लगायत सुरक्षाबिधि अपनाएर आफ्नो काम गर्नु बुद्धिमानी हुन्छ | सहि तरिकाले नाक, मुख छोप्ने गरि मास्क लगाउने, ६ फिटको व्यक्तिगत दुरी जहाँ भएपनि कायम गर्ने र हात धोइरहने गर्दा यो रोग सर्दैन |

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार