जनकपुरधाम । पर्सामा पटाका पड्काउने क्रममा आगोले जलेर पाँच वर्षीय बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा पकाहाँ मैनपुर गाउँपालिका–२, मधुबनीका स्थानीय मखु सहनीका पाँच वर्षीय छोरा रहेका छन्।
सोमबार बिहान करिब ८ः३० बजे पटाका पड्काउने क्रममा बालकको छातीमा आगो लागेको थियो। आगोले गम्भीर रूपमा जलेर उनी बेहोस भएका थिए।
घटनापछि तत्काल उपचारका लागि उनलाई वीरगञ्जस्थित तराई अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा बालकको मृत्यु भएको उनका बुबा मखु सहनीले बताएका छन्।
प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।