free website hit counter

पत्रकार किशोर श्रेष्ठ पक्राउपछि जनआस्था कार्यालयमा प्रहरीको छापा

beemaadmin
२०८३ श्रावण २८, बिहीबार

काठमाडौं । पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको केही घण्टामै प्रहरीले ललितपुरको झम्सीखेलस्थित जनआस्था साप्ताहिकको कार्यालयमा छापा मारेको छ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी डिल्ली घिमिरेका अनुसार बिहीबार बिहान ललितपुरको ठाडोढुंगास्थित जनआस्था साप्ताहिकको कार्यालयमा प्रहरी टोलीले छापा मारेको हो। कार्यालयमा केही आवश्यक दस्तावेज हुन सक्ने सूचनाका आधारमा छापा मारिएको उनले बताए।

Advertisement
Advertisement

श्रेष्ठलाई बुधबार राति ललितपुरस्थित आफ्नो निवासनजिकबाट प्रहरीले पक्राउ गरेको थियो। वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरी परिसरको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो।

Advertisement
Advertisement

पक्राउअघि श्रेष्ठविरुद्ध काठमाडौं प्रहरी परिसरले अदालतबाट पक्राउ पुर्जी लिएको थियो।

श्रेष्ठ जनआस्था साप्ताहिक तथा जनआस्था डटकमका सञ्चालक तथा सम्पादक हुन्। उनी प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्षसमेत हुन्।

श्रेष्ठमाथि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरकान्त चौधरी र एक युवतीबीच चुम्बन गरिरहेको तस्बिर सार्वजनिक गरेको आरोप लागेको छ। उक्त तस्बिर सार्वजनिक भएपछि ती युवतीले आफ्नो व्यक्तिगत गोपनीयता हनन भएको भन्दै काठमाडौं प्रहरीमा जाहेरी दिएकी थिइन्।

सोही जाहेरीका आधारमा अनुसन्धान अघि बढाउँदै प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो। कार्यालयमा गरिएको छापा अनुसन्धानकै क्रममा आवश्यक कागजात तथा प्रमाण संकलनका लागि गरिएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार