free website hit counter

पत्रकार समेत केटीकाण्डमा पक्राउ

beemaadmin
२०७६ माघ १५, बुधबार

साथी–साथी मिलेर रमाइलो गर्ने सल्लाह, तर अप्ठेरो परेपछि एउटा खोरमा, बाँकी सबै फरार । यसरी खबर बटुल्ने पत्रकारहरु नै खबर बनेका छन् ।

अहिले जिल्ला अदालत रुपन्देहीको आदेशले पक्राउ गर्न खोज्दा फरार भएकी पत्रकार रिया भन्ने राधा बस्नेत र प्रकाश न्यौपाने लुक्दै हिँडेका हुन् । तर, यही कसुरमा पोलिएका अर्का पत्रकार शिवलाल सुवेदी भने भैरहवामा कैद छन् । आफूमाथि यौनजन्य दुव्र्यवहार भयो भनी जाहेरी दिने मगर समुदायकी १७ बर्षीया युवती पनि पेशाले प्रशिक्षार्थी पत्रकार नै हुन् । प्रहरीका अनुसार शिवलालका लागि भनेर रिया र प्रकाशले एफएममा बाल कार्यक्रम चलाउने सोझी सञ्चारकर्मीलाई कोठाभित्र थुने । मदिराले मत्थु भएको अवस्थामा शिवले पार्वती (नाम परिवर्तन) को शरीरका संवेदनशील अंगमा हात पु¥याए । पार्वतीले बयानमा भनेकी छन्, ‘रिया दिदीले घात गर्नुभयो, मलाई रुममा छोडी बाहिरबाट लक लगाएर जानु भयो, पत्रकारसँग छोडेर जानुभयो ।’

Advertisement
Advertisement

मंसिर १ गते आयोजित लुम्बिनी न्युज फेस्टिभलका क्रममा पत्रकारबीच यस्तो रमिता चलेको हो । शिवबाट पीडित पार्वतीले दिएको बयानअनुसार, रिया बस्नेतसँग उनको चिनजान पत्रकारिता पेशाकै क्रममा भएको हो । उनले न्युज फेस्टिभलमा ‘साथी हिँड’ भनी बुटवलबाट लगेकी थिइन् । बेलुकी रियाले आफू बसेको बुद्ध इन्टरनेशनल होटलमा लगिन् । पहिला रिया र पार्वती एउटै कोठामा बस्ने सहमति थियो । तर, त्यो कोठामा प्रकाश र शिव छिरेपछि रिया प्रकाशलाई लिएर अन्यत्र गइन् । र, बाहिरबाट ढोका लक गरिदिइन् । शिवले बियर पिए, पार्वतीले अल्कोहलरहित एप्पल साइडर पिइन् । पार्वतीले शिवलाई ‘हजुर पनि आफ्नो रुममा जानुस्’ भनेकी थिइन् । तर, शिव त्यही कोठामा बसे । पार्वती ओछ्यानमा पल्टिएर आराम गरिरहेकी थिइन् ।

Advertisement
Advertisement

शिवले पार्वतीको छाति समात्न थाले । उनले प्रतिवाद गरिन्, शिवले पार्वतीको मुखमा आफ्नो मुख जोडे, कपडासमेत खोल्न खोजे । यसपछि अत्तालिएकी पार्वती झ्यालबाट भाग्न सफल भइन् । प्रहरीको घटनास्थल मुचुल्काअनुसार, उक्त कोठामा दुईवटा झ्याल छ । एउटामा ग्रील छ, अर्कोमा जाली र सिसाको पल्ला छ । झ्यालबाहिर चार फिटको प्यासेज भएका कारण त्यहाँबाट निस्कन सक्ने अवस्था थियो । उनी त्यसरी नै त्यहाँबाट निस्किइन् । ‘दिदी’ भन्ने गरेकी रियाले नै फसाएपछि उनलाई अरुको विश्वास भएन । त्यसैले बुटवल, बेलबासका केशव खनाललाई गुहारिन् ।

हाल थुनामा रहेका शिवले बयानमा भनेका छन्, ‘राती होटलको कोठामा सँगै बस्ने क्रममा रक्सी सेवन गर्दै गर्दा उहाँ (जाहेरवाल) को जिउडालमा हात लागेको हुन सक्छ, अन्य कारण केही छैन ।’ प्रहरीले पीडित युवतीको भेजिनल स्वाब परीक्षण गर्दा कुनै कैफियत छैन । तर, यौनजन्य दुव्र्यवहारचाहिँ पुष्टि हुने अनुसन्धान अधिकृतहरु बताउँछन् । यसमा मतियारको भूमिका निभाउने र पुर्पक्षका लागि थुनामा राख्न आदेश भएका व्यक्ति अहिलेका एक मन्त्रीसँग निकट छन् । यही काण्ड लागेर पाउनै लागेको प्रेस संयोजकको नियुक्ति रद्द भएको छ ।

रिया प्रदेश मन्त्री सुदर्शन बरालनिकटकी हुन् । उनीहरुलाई होटल मिलाइदिने, होटल आफ्नो नाममा बुकिङ गर्ने कमल रायमाझी र नरेश केसी पनि फरार रहेको बताइन्छ । बयानका क्रममा होटल सञ्चालक टीकाराम सापकोटाले फोनमा महिला बोलेको, रोएको र केही बेरमा बरण्डामा आएर बसेको बताएका छन् । शिवलाई पार्वतीको कोठामा थुनेर हिँडेका प्रकाशले म्यासेज लेखेका छन्, ‘राती रुन्छे कि यार ? के हुँदैछ ? कुरो मिल्छ ? हुनेजस्तो छ कि नाइँ ? के भन्छिन्, ती नानीले ?’

एक गते रातिको घटना, माफी मागेर सल्टिसकेको अवस्थामा कांग्रेस र नेकपाको प्रतिद्वन्द्वितापूर्ण स्थानीय राजनीतिको नतिजास्वरुप बालकृष्ण खाँणका भाइ रामकृष्ण र नेविसंघ नेतृ जमुना ढकालको पहलमा दश दिनपछि ११ गते प्रहरीसमक्ष दर्ता हुन पुगेको स्थानीय वकिलहरु बताउँछन् । (जनआस्था साप्ताहिकबाट)

सम्बन्धित समाचार