free website hit counter

परदेसिएका नेपालीको पीडा घुमाउरो बाटोमा (भिडियाेसहित)

beemaadmin
२०७८ जेष्ठ २०, बिहीबार

युट्युबमा अपलोड भएको दुई दिनमै ६० हजारभन्दा बढी भ्युज । लाइक र कमेन्टहरू उत्तिकै । यो आँकडाले नै संकेत गर्छ गीतको लोकप्रियता । प्रशंसाका कमेन्टहरू थपिएको थपियै छन् । अनि आफ्नो सफलतामा दंग छन्, गायक विवेक… । भर्खरै सार्वजनिक गरिएको ‘घुमाउरो बाटो’ गीतले उनलाई स्थापित गायकको परिचय दिलाउँदै छ । यसअघि ल्याएको ‘घोप्टेभिर’ गीतबाट निकै चर्चा कमाएका उनी अहिले उत्साहीसँगै थप गम्भीर पनि बनेका छन् । भन्छन्, ‘अब अझ राम्रो गर्नुपर्ने चुनौती थपिएको छ, भविष्यमा पनि यो लय छाड्न हुँदैन ।’ गीतलाई नेपाली लोकभाकामा ढालेर त्यसलाई मनोरञ्जकसँगै सन्देशमूलक पनि बनाउनु विवेकको विशेषता हो । घोप्टेभिरमा प्रस्ट देखिएको उनको यो शैली घुमाउरो बाटोमा आउँदासम्म पनि कायमै छ ।
उनका अनुसार ‘घुमाउरो बाटो’ गीतमा रोजगारीका लागि परदेसिएका नेपालीले भोग्नुपरेका दुःख, पीडा र वेदनाहरू छन् । नेपालमा बसेर उनीहरूलाई पर्खिरहेका आफन्तहरूको छटपटी छ ।
म्युजिकभिडियोमा विप्लव कँडेल, आसिका उप्रेती, आरती सापकोटा, रोशन ढकाललगायत कलाकारको अभिनय छ । बाबा हन्टर ९सिजन कार्की० को निर्देशन रहेको भिडियोलाई प्रतीम कार्कीले खिचेका छन् । सृजना केसीले नृत्य निर्देशन गरेका छन् । भिडियो प्रतीम प्रोडक्सनले तयार पारेको हो । प्रफुल्ल केसीले रचना गरेको गीतमा संगीत संयोजन भने शैलेन्द्रमोहन प्रधानले गरेका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार