free website hit counter

परम सद्विश्वासमा अडेकाे बीमा व्यवसाय

beemaadmin
२०८० आश्विन १४, आईतवार

संसार नै विश्वासमा टिकेको छ । यहाँ गरिने व्यापार, व्यवसाय, नाता सम्बन्ध, माया प्रेम सबै विश्वासमा नै अडिएको हुन्छ । तर बीमा यस्तो व्यवसाय हो जो विश्वासभन्दा माथि परम सद्विश्वासमा अडेको हुन्छ । परम सद्विश्वास बीमा व्यवसायको त्यस्तो सिद्धान्त हो जसको पालना बीमक र बिमित दुवै पक्षले गर्नुपर्दछ । परम सद्विश्वासमा कमी आउनासाथ बीमा सेवा प्रवाहमा बाधा उत्पन्न हुन्छ जसको प्रतिफलस्वरुप बीमा दाबीमा प्रत्यक्ष पर्दछ ।
बीमा गर्नुको मुख्य उद्देश्य भनेकै जोखिम हस्तान्तरण गर्नु हो भन्ने कुरा नबुझ्नाले वा बुझाउन नसक्नाले परम सद्विश्वासमा कमी आउँछ । कहिलेकाहीं आर्थिक प्रलोभनले पनि विश्वासमा खटपट उत्पन्न गराउन सक्छ ।
अतः बीमित र बीमक दुवै पक्षले परम सद्विश्वासको सिद्धान्तलाई आत्मसाथ गरेमा बीमा दाबी भुक्तानी प्रक्रिया सरल हुन गई बीमाको विश्वससनीयता र गुणस्तर आम जनमानसमा बढ्ने निश्चित छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार