free website hit counter

परामर्श सेवा प्रदान गर्ने सम्झौता

beemaadmin
२०७७ आश्विन ९, शुक्रबार

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड र नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त कामना सेवा विकास बैंक बीच संस्थागत परामर्श सेवा प्रदान गर्नेबारे सम्झौता भएको छ । सो सम्झौता पत्रमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबिन बस्नेत तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ्गका कम्पनीका प्रमुख कार्यकारी अधिकृत सबिर वादे श्रेष्ठले हस्ताक्षर गरेका थिए । यो सम्झौताबाट कामना सेवा विकास बैंकले संस्थागत परामर्श सेवासम्बन्धि सेवाहरु यस कम्पनीबाट प्राप्त गर्न सक्नेछ । संस्थागत परामर्श सेवासम्बन्धि अन्य जानकारीहरु (संस्थागत परामर्श सेवा)भन्नाले विज्ञ तथा व्यवसायिक वित्तीय परामर्शदाताहरूद्वारा विभिन्न व्यक्ति तथा व्यवसायलाई प्रदान गरिने विशेष प्रकृतिको परामर्श सेवालाई संस्थागत परामर्श सेवा भनिन्छ । अंग्रेजीमा यसलाई फाइनान्सियल एडभाइजरी अथवा कर्पोरेट एडभाइजरी पनि भनिन्छ । अथवा, फाइनान्सियल एडभाइजरी तथा वित्तीय कन्सलटेन्सीको काम नै संस्थागत परामर्श सेवा हो ।
नविल इन्भेष्टमेन्ट बैंकिङ्गले वित्तीय क्षेत्रमा पुँजीको परिचालन, लगानीका सम्भावित क्षेत्रहरू, सम्भावित नाफा÷जोखिमको अवस्थितिरमुल्यांङ्कनलगायतका विषयमा परामर्श दिने गर्दै आएको छ । व्यवसायको रणनीतिक विस्तार, भविष्यको योजना, प्रतिस्पर्धात्कम क्षमताको अभिवृद्धि गर्ने जस्ता आफ्नो व्यवसायको सुक्ष्म व्यवस्थापनमा सहयोगी कार्य गर्न पनि संस्थागत परामर्शदाताको आवश्यकतारखोजी हुने गरेको पाईन्छ । यसका साथै व्यवसायलाई आवश्यक पुँजीको उपलब्धता, लगानीकर्ताको लागि उपयुक्त व्यवसाय र व्यवसायीको खोजी साथै व्यवसायका लागि उचित मूल्यांङ्कन गर्न सक्ने लगानीकर्ताको खोजीमा समेत संस्थागत परामर्शदाताले समन्वयकारीरसहयोगी भूमिका निर्वाह गर्दछन् ।
विभिन्न व्यवसायमा अन्तरनिहित जोखिमको न्यूनीकरण गर्न, जोखिम बहन गर्ने क्षमता अनुरूपको व्यवसायको विस्तार र जोखिम बहन गर्ने क्षमताको समष्टिगत अभिबृद्धिमा संस्थागत परामर्श सेवा प्रदायहरूले विशेष विज्ञता हाँसिल गरेका हुन्छन् । संस्थागत परामर्श सेवा आफैमा एउटा छुट्टै उद्योग हो ।

यसले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा राष्ट्रिय आय र उत्पादकत्वलाई बुद्धि गर्न सहयोग गरिरहेको हुन्छ । अर्थतन्त्रसँग प्रत्यक्ष सरोकार राख्ने परियोजना तथा कम्पनिलाई विभिन्न हिसाबले सहयोग गरी एउटा भिन्न पहिचानरमूल्य सिर्जना गर्न सक्षम भएकोले गर्दा नै यसको महत्व दिनानुदिन बढ्दै गएको पाइन्छ ।
वित्तीय अनुशासन, लगानीको सुनिश्चितता, जोखिमको न्यूनीकरण, विस्तृत तथा वैज्ञानिक अनुसन्धान पद्धतिमा आधारित कार्य प्रणालीले गर्दा नेपालमा पनि संस्थागत परामर्श सेवाको उपयोग व्यवसायीहरुले व्यवसायिक रुपमा बढाउँदै लगेका छन् । परामर्श सेवा लगानीका क्षेत्रमा मात्रै सीमित नभई यसले वित्तीय क्षेत्रमा अन्य विबिधरधेरै सेवाहरु प्रदान गर्दछ । नाफामूलक संस्थाले मात्र नभएर गैह्र नाफामूलक संस्थाले समेत परामर्श सेवाको उपयोग गर्न सक्दछन् । २०७४ को चैतबाट नेपाल धितोपत्र बोर्डले लाइसेन्स दिएपछि संस्थागत परार्मश सेवाको औपचारीक सुरुवात भएको हो । नेपालमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले धितोपत्र बोर्डबाट अनुमति लिएर यो सेवा प्रदान गरिरहेको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार