free website hit counter

परिवार गुमाएका विनयविरुद्ध कर्तव्य ज्यान मुद्दा

beemaadmin
२०७६ माघ ५, आईतवार

काठमाडौं । रातरात करोडपति बन्ने सपनाले धेरै परिवार उजाडिएका छन् । केही पर्दामा आएका होलान् केही गुमनाम होलान् । यस्तै अहिले चर्चामा रहेको दुःखद घटना हो त्रिशुलीमा सपरिवार हामफालेका विजय परिवारको । मिटरब्याजमा लिएको ऋाको बोझका कारण परिवारसहित त्रिशूली नदीमा हामफालेर पनि बाँच्न सफल काठमाडौं थानकोटका विनय लामिछानेविरुद्ध प्रहरीले हत्याको मुद्दा अगाडि बढाएको छ । उनीसँगै हामफालेकी उनकी श्रीमती र दुई नाबालक छोराको मृत्यु भएकाले उनीविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको जिप्रका धादिङका प्रमुख एसपी रवीन्द्र रेग्मीले जानकारी गराएका छन् ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका ४, थानकोट निवासी ३८ वर्षीय लामिछाने सामूहिक आत्महत्या गर्न भनेर गत बिहीबार साँझ २८ वर्षीया श्रीमती जमुना तथा ६ महिना र २ वर्षका दुई छोरासहित त्रिशूली नदीमा हामफालेका थिए ।
धादिङको बेनिघाट रोराङ १ स्थित झोलुंगे पुलबाट त्रिशूलीमा हामफालेका उनीहरूमध्ये श्रीमती जमुना त्यही दिन मृत भेटिइन् भने दुई बालक अझै बेपत्ता छन् । विनयलाई भने स्थानीयवासीले जीवितै उद्धार गरेका थिए । जमुनाको शव ३ सय मिटर तल फेला प यो भने दुई बच्चा अझै बेपत्ता छन् ।

त्रिशूलीमा हामफालेर पनि उद्दार गरिएका विनय अहिले धादिङको गजुरी इलाका प्रहरी कार्यालयको हिरासतमा छन् । उनको स्वास्थ्य सामान्य रहेको कार्यालय प्रमुख डीएसपी खगेन्द्रराज खड्काले जानकारी दिएका छन् । उक्त घटनापछि विनय अहिले पश्चातापमा रहेको प्रहरीले जनाएको छ । उनले आफूहरुले सल्लाहमै त्रिशूलीमा हामफालेको भए पनि आफू मात्र जीवित हुँदा श्रीमती र दुई सन्तानप्रति आफूबाट ठूलो अन्याय भएको बताउने गरेका छन् । उनी आफैं आफूलाई आजन्म काराबासको सजाय दिन माग गरिरहेका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार