free website hit counter

पर्शा र चनौलीमा टाटा मोटर्सको नयाँ शोरुम

beemaadmin
२०७६ माघ २५, शनिबार

चितवन । नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले टाटा मोटर्सकोे उत्पादन बिक्री वितरणका लागि चितवनमा २ नयाँ शोरुम संचालनमा ल्याएको छ । जहाँ टाटा मोटर्सका सम्पूर्ण रेञ्जका कारहरु उपलब्ध हुनेछन् । शोरुमको उद्घाटन समारोहबीच बोल्दै शेखर मोटर्सका म्यानेजिङ डाइरेक्टर शेखर धरेलले टाटा मोटर्सको नयाँ थप दुई शोरुम चनौली र पर्सामा खोल्न पाँउदा र ग्राहकलाई उच्च स्तरको सेवा स्थानीय स्तरमै दिन पाँउदा आफु खुशी भएको बताए । त्यसैगरी सिप्रदी ट्रेडिङ्गका डिलर डेभलपमेन्ट म्यानेजर गोविन्द घिमिरेले शोरुमले आफ्ना ग्राहकवर्गलाई उत्कृष्ट सेवा सुविधा प्रदान गर्ने प्रतिवद्धता ब्यक्त गरे । टाटा शोरुम हप्ताको सातै दिन विहान ९स्३० बजे देखि बेलुकी ६ बजे सम्म खुल्ने छ ।

सम्बन्धित समाचार