free website hit counter

पलको विपक्षमा वकिलकाे लर्को

beemaadmin
२०७८ फाल्गुन २५, बुधबार

काठमाडौं । एकजना नाबालिग गायिकालाई यौन हिंसा गरेको अभियोग लागेका अभिनेता पल शाहको विपक्षमा २२ जना अधिवक्ताले बहस गर्ने भएका छन्। पीडितको गायिकाको न्यायका लागि बहसमा सहभागी हुन अधिवक्ता एवम् अभियन्ता मोहना अन्सारीले आग्रह गरेकी थिइन्। त्यसपछि हालसम्म २२ जना अधिवक्ताहरु बहसका लागि तयार भएका हुन्। उनीहरुले तनहुँ पुगेर नाबालिगको पक्षमा बहस गर्ने भएका छन्।
पलको विपक्षमा मोहना अन्सारी, मीरा ढुङ्गाना, सुष्मा बाँस्कोटा, ओम अर्याल, राधिका खतिवडा, ईला शर्मा, सरिता तिवारी, कुमारी खरेल, मनीषकुमार श्रेष्ठ, केदार गुरागाइँ, रामेश्वर कोइराला, अञ्जना अर्याल, अपेक्षा निरौला, अमृता अर्याल, माया घिमिरे, जयन्ती पाठक, रुपा पोखरेल, दिल कुमारी राई, शैलेन्द्र प्रसाद अम्बेडकर, विकास भट्टराई, शिवजी भण्डारी र राहुल झा बहसका लागि तयार भएका छन्। नाबालिगले आफ्नोतर्फबाट अदालतमा बहस गर्न अधिवक्ता राधिका खतिवडासँग परामर्श गरेकी थिइन्। पलको तर्फबाट अधिवक्ता विवी विष्टसहितले बहस गर्नेछन्।
गत फागुन ११ गते नाबालिग गायिकाले तनहुँ प्रहरीमा पलविरुद्ध जवरजस्ती करणाीको जाहेरी दिएकी थिइन्। उनले पलविरुद्ध नवलपरासी प्रहरीमा पनि जाहेरी दिएकी छन्। गायिकाको जाहेरीको पाँच दिनपछि पलले प्रहरीमा पुगेर आत्मसमर्पण गरेका थिए। उनलाई सुरुमा सात दिनको समय सकिएपछि प्रहरीले थप १२ दिन म्याद लिएर अनुसन्धान गरिरहेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार