free website hit counter

पशुपतिनाथ मन्दिरमा नेपाल लाइफको शिविर सञ्चालन

beemaadmin
२०८२ फाल्गुन ४, सोमबार

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भोजन तथा पानी शिविर सञ्चालन गरेको छ । कम्पनीले शिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा स्टल सञ्चालन गरी भक्तजनलाई खाना तथा पानी वितरण गरिरहेको छ । नेपाल लाइफ इन्स्योरेन्सले अघिल्ला वर्षहरुमा पनि सो कार्य गर्दै आएको छ । स्टलमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली लगायतका कर्मचारीहरुले भक्तजनहरुलाई खाना तथा पानी वितरण गरिरहेका छन् । भारत लगायतका छिमेकी देशबाट महाशिवरात्रीको अवसरमा लाखौं मानिस दर्शनको लागि आउने गर्छन् । हजारौं साधु, सन्तहरुले नेपाल लाइफ इन्स्योरेन्सको शिविरबाट खाना तथा अन्य सेवा प्राप्त गरेका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार