free website hit counter

पहिलो पटक दलित समुदायकी महिला बनिन् सीडीओ

beemaadmin
२०७८ फाल्गुन ५, बिहीबार

काठमाडौँ । कुशल प्रशासक सिता परियारलाई गृह मन्त्रालयले हुम्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ) मा खटाएको छ । भक्तपुर जिल्ला प्रशासनमा सहायक प्रमुख जिल्ला अधिकारी (सीडीओ) को रुपमा रहेकी सीतालाई मन्त्रालयले हुम्लाको सीडीओ बनाएर पठाएको हो । उनी दलित समुदायबाट सीडीओ बन्ने पहिलो महिला पनि बनेकी छिन् । विभिन्न नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको भूमिका कुशलतापूर्वक निभाएकी परियाले भक्तपुरको सहायक सिडिओ हुँदा देखाएको कार्यकुशलताकै कारण हुम्लाको सीडीको जिम्मेवारी दिएको हो । दलित समुदायका पुरुषहरू यसअघि पनि सीडीओ बनिसकेका भए पनि महिला भने निजामती सेवामै कम रहेका छन् ।
कास्कीको रुपा गाउँपालिका–१ स्थायी निवासी परियारले एक दशक अघि शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी ह्न् । भक्तपुरमा सहायक सीडीओ हुनुअघि उनले तत्कालिन जिल्ला विकास समितिको कार्यालयमा स्थानीय विकास अधिकारीकोरुपमा समेत काम गरिसकेकी छिन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार