free website hit counter

पाँच दिन गुप्तबास बसेर पशुपतिका नयाँ पुजारी मन्दिर प्रवेश

beemaadmin
२०८० श्रावण २५, बिहीबार

काठमडाौं । पशुपतिनाथ मन्दिरमा बुधबारदेखि नयाँ भट्ट (पुजारी) नियुक्त भएका छन्। भारत आन्ध्र प्रदेश कर्नाटकवासी करिब ३२ वर्र्षीय बिएस विनय अडिगाले बुधबारदेखि विधिवत रूपमा धार्मिक र सांस्कृतिक प्रक्रिया पूरा गरी पशुपतिको मूल मन्दिरमा प्रवेश गरेका छन्। उनले बुधबारदेखि नै मूल भट्टबाट पाशुपत दीक्षा पाएका छन्। अब उनी पशुपति मूल मन्दिरको दक्षिण मुहारको पुजारी भएका छन्। उनी वैदिक शास्त्र, धर्मशास्त्र तथा तन्त्रशास्त्रका ज्ञाता मानिन्छन्। पशुपतिका तत्कालीन भट्ट रामाकारन्त भट्टले स्वास्थ्यको कारण देखाई राजीनामा गरेपछि रिक्त रहेको पदमा अडिगालाई नियुक्त गरेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए। ६५ वर्षीय रामाकारन्त पनि आन्द्र प्रदेश कर्णाटककै हुन्। रामकारन्तले दिएको राजीनामालाई विकास कोषले २०७९ फागुनमा स्वीकृत गरेको थियो। रामाकारन्तको राजीनामालाई विकास कोषले स्वीकृत गरिसकेपछि त्यसमा सहमतिको लागि प्रधानमन्त्री कार्यालयमा पेस गरिएको, प्रधानमन्त्री कार्यालयलेसमेत स्वीकृत जनाएपछि रिक्त रहेको स्थानमा पदपूर्ति गर्न मूल भट्टको संयोजकत्वमा ५ सदस्यीय विद्धत् समिति गठन गरिएको कार्यकारी निर्देशक खतिवडाले बताए।
नव नियुक्त भट्ट मूलमा मन्दिरमा प्रवेश गर्नुअघि विष्णु पादुकामा बसेर प्रयाश्चित गोदान गरेका थिए। त्यसअघि उनले धार्मिक विधिअनुसार हात जोडी पशुपति मन्दिर परिसरभित्र रहेका विभिन्न देवी देवताको दर्शन, परिक्रमा तथा पुजाआजा गरेका थिए। त्यसअघि उनी ५ दिनसम्म बम्बै ढुकुटी घर हाल श्रीकृष्ण मन्दिरसँगैको घरमा गुप्तबास बसेका थिए। गुप्तबास बस्नुअघि अडिगाले विभिन्न मन्दिर शक्ति पिठ भण्डारेश्वर, ताम्रेश्वर, खञ्जनेश्वर, कृष्णेश्वर, शंकराचार्य मठ, झम्केश्वर मन्दिरको दर्शन तथा परिक्रमा गरेका थिए।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार