free website hit counter

पानीजहाज सञ्चालनका लागि कोशी र कालिगण्डकीमा रुट सुधार गरिँदै

beemaadmin
२०७६ मंसिर २९, आईतवार

काठमाडौं । आगामी वर्षभित्र नेपालमा पानी जहाज सञ्चालन गर्नका लागि आवश्यक कानुन निर्माण र भौतिक पूर्वाधारको तयारीमा जुटेको पानीजहाज कार्यालयले बराहादेखि चतरा (कोशि) र कालिगण्डकी नदीमा पानी जहाज सञ्चालनका लागि रुट सुधार तथा सफाई गर्ने भएको छ । ती क्षेत्रमा अहिले सानातिना बोट तथा स्टिमर सञ्चालन भइरहेका र ती क्षेत्रमा ढुंगा, बालुवा लगायतका कारणले सञ्चालनमा अवरोध आउन सक्ने कुरालाई मध्यनजर गर्दैै पानी जहाज कार्यालयले ती क्षेत्रको सम्भाव्यता अध्ययन गर्ने तयारी गरेको र अध्ययनपछि रुट सुधार गर्ने कार्यालयका कामु रजिष्टार बिपिन राजभण्डारीले बताउनुभयो । कोशीको बराहा, चतराको बीच क्षेत्रमा र कालिगण्डकीको राम्दीमा सम्भाव्यता अध्ययन गर्ने कार्य अघि बढाइने उहाँको भनाई थियो । राजभण्डारीका अनुसार, नेपालमा पानी जहाज सञ्चालनका लागि निर्माण गर्न लागिएको ऐनलाई अन्तिम रुप दिने तयारी भइरहेको र एक साताभित्रै त्यसलाई अन्तिम रुप दिई मन्त्रालयमा उक्त ऐन पेश गरिने छ । मन्त्रालयले उक्त ऐनलाई आगामी संसदको अधिवेशनमा पेश गर्ने तयारी गरेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार