free website hit counter

पाल्पा सिमेन्टको आईपीओ नेप्सेमा सूचीकृत

beemaadmin
२०८२ चैत्र २६, बिहीबार

काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ आज चैत २६ गते नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकृत भएको छ। कम्पनीले सर्वसाधारण शेयरधनीहरुलाई जारी गरेको ७५ लाख कित्ता शेयर र कम्पनीको संस्थापक शेयरधनीहरुले लगानी गरेको तीन करोड कित्ता शेयर गरी कुल तीन करोड ७५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो। नेप्सेले कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जका आधारमा चैत २७ गते स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित बजारमा कारोबार गर्न सकिनेछ।

सम्बन्धित समाचार