free website hit counter

पीपीए खुलाउन आग्रह

beemaadmin
२०८० असार ३०, शनिबार

काठमाडौं । नेपाल उद्योग परिसंघ र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतबीच छलफल भएको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ पदाधिकारीहरुले शुक्रबार मन्त्रालयमा मुलुकको अर्थतन्त्र, उर्जालगायतका विषयमा आफ्नो धारणा राखे । परिसंघका नवनिर्वाचित अध्यक्ष अग्रवालले जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता ९पीपीए० खुला गर्न आग्रह गरे । प्रधानमन्त्रीको हालै भएको भारत भ्रमणका क्रममा भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद गर्ने समझदारी गरिसकेकाले जलविद्युत आयोजनाको पीपीए पूर्ण रुपमा खुला गरी निर्माणको वातावरण बनाउनुपर्नेमा उनले जोड दिए । नेपाल विद्युत प्राधिकरणको पुनर्संरचना गर्न, प्रसारणलाईन निर्माण तथा विद्युत व्यापारमा निजी क्षेत्रको संलग्नता गराउन उहाँले आग्रह गर्नुभयो। विद्युत निर्यात हुँदै गर्दा स्वदेशमै रहेका उद्योगहरुले सहज रुपमा विद्युत नपाइरहेको र यसले उद्योगहरुको उत्पादन लागत बढाउन सहयोग गरेको उनले बताए । अध्यक्ष अग्रवालले मन्दीमा रहेको अर्थतन्त्रलाई उकास्न बजेटको प्रभावकारी कार्यान्वयनमा पनि जोड दिए । सो अवसरमा मन्त्री बस्नेतले समग्र उर्जाको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न प्रतिबद्ध रहेको बताए । उनले हालकै लागतमा १० हजार मेगावाट उत्पादन गर्न २० खर्ब बराबर लगानी आवश्यक पर्ने र त्यसले अर्थतन्त्रमा दूरगामी प्रभाव पार्ने बताए । समग्र उर्जा क्षेत्रको विकासका लागि ‘उर्जा दशक’ घोषणा गरी अगाडि बढ्न गृहकार्य गरिरहेको बताए । छलफलमा उपाध्यक्षहरु विरेन्द्रराज पाण्डे र अमित मोर सहभागी थिए ।

सम्बन्धित समाचार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

सुन–चाँदी दुवैको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १४, बिहीबार

रिज लाईन इनर्जीको आईपीओ बाँडफाँट

beemaadmin
२०८२ फाल्गुन १४, बिहीबार